Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दोष दिएर मात्रै भ्रष्टाचार नियन्त्रण हुदैन ःसभामुख घर्ती
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दोष दिएर मात्रै भ्रष्टाचार नियन्त्रण हुदैन ःसभामुख घर्ती

संसारपोस्ट संवाददाता · २४ मंसिर २०७७ · 0
दोष दिएर मात्रै भ्रष्टाचार नियन्त्रण हुदैन ःसभामुख घर्ती
80
SHARES
ShareTweet

बुटवल २४ मंसिर
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले कसैलाई दोष दिएर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने बताउनु भयो ।
उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा ट्रान्सपरेन्सी इन्तरनेशनल नेपाल आवद्ध पारदर्शी सरोकार समूह बुटवलद्धारा बुधबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले मुलुकमा भ्रष्टाचार रहेको कुरा लुकाएर नलुक्ने भन्दै बिगतदेखि मौलाउदै आएको भ्रष्टाचार पद्धतीको रुपमा विकास नहोस भन्ने कुरामा सबै सचेत हुनुपर्ने आवस्यकता औल्याउनु भयो ।
भ्रष्टाचार सामाजिक अपराध भएको भन्दै सभामुख घर्तीले भ्रष्टाचारमा संलग्न भए जोकोही पनि सजायको भागिदार हुनुपर्ने बताउनु भयो ।
बिबिध पक्षबारे समिक्षा गर्न जरुरी रहेको बताउदै उहाँले आरोपकै मात्रै र कसैलाई खुइल्याउनका लागि मात्रै लगाइने आरोपले भ्रष्टाचार नियन्त्रण हुने भन्दा पनि यथार्थतामा पुग्न नसकिने बिचार व्यक्त गर्नुभयो ।
विलासी सभामुखको रुपमा आफुलाई चित्रित गर्ने प्रयास गरिएको भन्दै सभामुख घर्तीले एउटा गाडी बिग्रिएर अर्को गाडी किनेकै भरमा आफुलाई गाडी मोहको आरोप लगाउनु पुर्वाग्रह बाहेक केही नभएको दाबी गर्नुभयो ।
आफु माननीय सभामुख नभएर साथी सभामुख भएको उहाँको दाबी थियो ।
कार्यक्रममा प्रदेशसभामा प्रमुख विपक्षी दलका सचेतक निर्मला क्षेत्री,नेकपा प्रदेशसभा संसदीय बोर्ड सचिब भोज प्रसाद श्रेष्ठ,उच्च अदालत सरकारी वकिल कार्यालय बुटवलका सह न्यायधिवक्ता मोहन सागर बस्याल, उच्च अदालत तुल्सीपूर बुटवल इजलास बार एशोसियशनका अध्यक्ष जोग बहादुर खत्री,नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सचिब ज्योती भण्डारी, लेखक ऋषी आजाद, घर बहाल सरोकार महासंघ नेपालका निवर्तमान अध्यक्ष शंकर कोइराला,बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु,उपाध्यक्ष हरी अर्याल, प्राज्ञिक विद्यार्थी परिषदका सुरेन्द्र प्रसाद यादब,पारदर्शी सरोकार समुह बुटवलका महासचिब दिपक ढकाल लगायतले राजनीतिक नेतृत्वका गलत क्रियाकलापका कारण जनतामा राजनीतिक दल र लोकतन्त्र प्रतिनै बितृष्णा पैदा भएको भन्दै नेतृत्व सच्चिनुपर्नेमा जोड दिएका थिए ।
पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष महेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा समूहका महासचिब दिपक ढकालले ट्रान्सपरेन्सी इन्टरनेशनलको काम कारबाहीको तरिका र भ्रष्टाचारमा नेपालको अवस्था बारे अवधारणा प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष लालहरी पाण्डेले कार्यक्रमको उदेस्य र औचित्यबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव बिक्रम खड्काले सहजिकरण गर्नुभएको थियो ।

≪ Previous Post

डा केसीद्धारा जन्मदिनमा चेपाङ बालबालिकालाई आर्थिक सहयोग

Next Post ≫

३ वर्षमा ६५० जनालाई बुटवलमा लालपुर्जा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क