Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ नेपाली कांग्रेसद्वारा शोक सभा, सडक नियमको पालना गराउन युवा लाग्नुपर्नेमा जोड
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली कांग्रेसद्वारा शोक सभा, सडक नियमको पालना गराउन युवा लाग्नुपर्नेमा जोड

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७७ · 0
नेपाली कांग्रेसद्वारा शोक सभा, सडक नियमको पालना गराउन युवा लाग्नुपर्नेमा जोड
110
SHARES
ShareTweet

बुटवल २१ मंसिर
नेपाली कांग्रेस देवदह नगरसमितिले देवदहका सामाजिक अगुवा तथा देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाललाई पुत्र शोक परेकोमा आईतबार शोक सभा गरेको छ ।
ढकालका छोरा स्व निरजको ७ औं दिनको पुण्यतिथीमा कांग्रेसले शोक सभा गरेको हो । शोक सभामा कांग्रेस रुपन्देहीका सभापति तथा पुर्वमन्त्री अब्दुल रज्जाकले निरजको निधनले समाजलाई नै स्तब्ध बनाएको बताउनुभयो ।
उहाँले पछिल्लो समय सडक दुर्घटनामा परि युवाजमातले अकालमै ज्यान गुमाउनु दुखद् विषय भएको उल्लेख गर्दै सडक नियमको पालना गर्न सचेत युवाको ध्यान केन्द्रीत हुन जरुरी रहेको बताउनुभयो । सो अवसरमा सभापति रज्जाकले शोककुल परिवारजनमा समवेदना प्रकट गर्दै निरजको आत्माको चिरशान्तिको कामना गर्नुभयो ।
यस्तै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले समाज विकासका सम्भाहक युवाहरु सडक दुर्घटनामा परि अल्पायुमै ज्यान गुमाउदा राज्यलाईनै ठुलो क्षति भएको विचार राख्दै परिवारजनमा समवेदनमा प्रकट गर्नुभयो । कांग्रेस देवदह नगरसभापति गुनाखर भुर्तेलको अध्यक्षता तथा सचिव अर्जुन पोखरेलको संचालनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले परिवारजनमा परेको बज्रपातलाई सहन गर्ने शक्ति मिलोस् भन्दै कामना गरेका थिए ।
यसैबीच देवदहका विभिन्न ब्यवसायिक तथा समाजिक संघसंस्थाहरुले पनि गोपाल ढकाललाई पुत्र शोक परेकोका दुःख ब्यक्त गरेका छन् । देवदह उद्योग बाणिज्य संघ, देवदह ब्यापार संघ र उद्योग ब्यापार संघ देवदहले संयुक्त शोक वक्तब्य निकालेर निरजको निधनले मर्माहत बनाएको बताएका छन् । आईतबार उनीहरुले संयुक्त शोक वक्तब्य निकालेर परिवारजनमा समवेदनमा प्रकट गरेका हुन् । देवदह उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष प्रमोद खनाल, उद्योग ब्यापार संघ देवदहका अध्यक्ष गणेश खाती र देवदह ब्यापार संघका अध्यक्ष कोश बहादुर गुरुङ्गले संयुक्त रुपमा शोक वक्तब्य निमालेर निरजको आत्माको शान्तिका कामना र शोकाकुजु परिवारजनमा समवेदना प्रकट गरेका हुन् । १८ वर्षिय निरजको सडक दुर्घटनामा परि मंसिर १५ गते देवदहको भलुहीमा निधन भएको थियो । यस्तै नेपाल रेडक्रस सोसाईटि र नेपाल नियमित रक्तदाता समाजका आजीवन सदस्य समेत रहेका स्वर्गिय निरजको १३ आंै दिनको पुण्य तिथीमा मंसिर २७ गते तिदुई संस्थाले खुल्ला रुपमा रक्रदान कार्यक्रमको आयोजना गरेको देवदह उद्योग बाणिज्य संघका महासचिव हरि भण्डारीले जानकारी दिनुभयो ।

((

≪ Previous Post

रुपन्देहीको मर्चवारमा नेपाली सेनाद्धारा हाटबजार संचालनका लागि ट्रष्ट निर्माण

Next Post ≫

बुटवलको मिलनचोकमा गोली चल्दा एक तस्कर घाइते, गैडाको खाग सहित २ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क