Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको मर्चवारमा नेपाली सेनाद्धारा हाटबजार संचालनका लागि ट्रष्ट निर्माण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको मर्चवारमा नेपाली सेनाद्धारा हाटबजार संचालनका लागि ट्रष्ट निर्माण

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७७ · 0
रुपन्देहीको मर्चवारमा नेपाली सेनाद्धारा हाटबजार संचालनका लागि ट्रष्ट निर्माण
90
SHARES
ShareTweet

बुटवल २१ मंसिर
रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुराउने उद्देश्यसहित नेपाली सेनाले हाटबजार बनाएर हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधार अन्तर्गत गरुडदल गण रामनगर बुटवलले मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ मा हाटबजार ट्रष्ट निर्माण गरेको हो ।
हाटबजार एक कार्यक्रममका बीच आइतबार मर्चवारी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा नेपाली सेनाको २२ नम्बर बाहिनीपति सहायकरथी सुदर्शन सिलवालले गाउँपालिकाका अध्यक्ष केशवानन्द वानियाँलाई ट्रष्टको तस्विर हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा बोल्दै बाहिनीपति सिलवालले जनतासंग गरिने यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने बताउनु भयो । जनताहरु प्रत्यक्ष लाभाविन्त हुने कार्य सेनाले गर्न पाउनु उत्साहजनक रहेको उहाँले बताउनु भयो । यो हाटबजार ट्रष्टले स्थानीय नागरिकको विकासमा टेवा पुग्ने समेत बाहिनीपति सिलवालले बताउनु भयो।
नेपाली सेनाले मर्चवार क्षेत्रमा स्वास्थ्य शिविरसहितका अन्य कार्यक्रम समेत गरिरहेको सहायक रथी सिलवालले बताउनु भयो । उहाँले ट्रष्ट निर्माणमा स्थानीय नागरिक र पालिकाबाट सहयोग पाएकोमा धन्यवाद समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष केशवनन्द बानियाले सेनाले निर्माण गरेको ट्रष्टले हाटबजार सञ्चालनमा ठूलो टेवा पुग्ने बताउनु भयो । ‘यो पूर्वाधारमा हाटबजारसहित सार्वजनिक गतिबिधिहरु गर्न समेत सकिनेछ, उहाँले भन्नु भयो । सेनाले मर्चवार क्षेत्रमा गर्ने गतिबिधिले नागरिक उत्साहित भएको उहांको कथन रहेको थियो ।
सेनाले सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ र पूर्वाधार निर्माणमा गाउँपालिकाले साढे ४ लाखको भौतिक सामग्री प्रदान गरेकावाट हाटबजार ट्रष्ट निर्माण भएको सह–सेनानी मधुसुधन पोखरेलले बताउनु भयो ।
ट्रष्ट निर्माणमा ३५ जनाको फौजले दुई महिनासम्म काम गरेका थिए । सो हाटबजारबाट ५ हजार किसान लाभान्वित हुने जनाइएको छ ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ट्रष्ट निर्माणमा सहयोग पुराएका व्यक्तिहरुलाई प्रशंसापत्रले सम्मान गर्नु भएको थियो । १० वटा गाउँको बीचमा रहेको हाटबजारमा साप्ताहिक हाट शुरु गर्ने गाउँपालिकाले जनाएको छ ।

≪ Previous Post

देशमा प्रतिगमनको खतरा : चित्रबहादुर केसी

Next Post ≫

नेपाली कांग्रेसद्वारा शोक सभा, सडक नियमको पालना गराउन युवा लाग्नुपर्नेमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क