बुटवल ११ मंसिर .
अर्थमन्त्री तथा नेकपा महासचिब विष्णु पौडेलले बर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ ।
बिहीबार बुटवलमा आयोजित दैनिक पत्र दैनिकको १७ औं बार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै पत्रकारीता क्षेत्रका समस्या समाधानका लागि आवश्यक सुझाव दिन आग्रह समेत गर्नुभयो ।
पछिल्लो समय मूलुकमा देखिएको राजनीतिक अवस्था प्रति संकेत गर्दै अर्थमन्त्री पौडेलले बर्तमान सरकार पुरा कार्यकाल चल्ने बताउनुभयो ।
संबिधान कार्यान्वयन र मुूलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व र स्थिरता आवश्यक रहेको भन्दै नेकपा महासचिव समेत रहेका पौडेलले राजनीतिक स्थायित्व र स्थिरता कसैले पद प्राप्त गर्नका लागि नभएको बिचार व्यक्त गर्नु भयो । .
दैनिक पत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संबिधानसभा सदस्य बिनोद पहाडी,मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनाल,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष नीरु गौतम,दैनिक पत्र दैनिकका प्रबन्ध सम्पादक ऋषी आजाद लगायतले पत्रिकाको सफलताको शुभकामना दिनुभएको थियो ।
