Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ रुपन्देही मणिग्रामका सामाजिक अभियन्ता पाण्डेको निधनमा शोक ब्यक्त
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही मणिग्रामका सामाजिक अभियन्ता पाण्डेको निधनमा शोक ब्यक्त

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७७ · 0
रुपन्देही मणिग्रामका सामाजिक अभियन्ता पाण्डेको निधनमा शोक ब्यक्त
80
SHARES
ShareTweet

तिलोत्तमा, २४ कात्तिक । रूपन्देहीको मणिग्राम क्षेत्रमा आधुनिक कृषिसँगै शैक्षिक, सामाजिक अभियन्ता पदमप्रसाद पाण्डेयको निधनमा स्थानीय दर्जनौं संघ–संस्था तथा सरकारका सबै तहले शोक व्यक्त गरेका छन् ।
तिलोत्तमा नगरपालिका–९, मणिग्राम नन्दनवन निवासी स्वर्गीय पाण्डेले स्थापना गर्नुभएका शैक्षिक, सामाजिक, धार्मिक संघसंस्था सहित स्थानीय तह, राजनीतिक दल, प्रदेश सरकार लगायतले तिलोत्तमा –९, स्थित उहाँकै निवासमा शोक सभा सम्पन्न गरेका छन् ।
पाण्डेको निधनमा शोक व्यक्त गर्दै प्रतिनिधि सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा योगदान दिनुभएका पाण्डेयको निधनले दुःख लागेको बताउनुभएको छ । यस्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले स्वर्गीय पाण्डेयले यस क्षेत्रमा कृषिको आधुनिकीकरणमा निर्वाह गर्नुभएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
यसैगरी आज (सोमबार) स्वर्गीय पाण्डेको निवासमा आयोजित शोक सभामा प्रदेश सरकारका मन्त्रीहरूः लिला गिरी, आरती पौडेल, राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराई, प्रदेश सभा सदस्य दधिराम न्यौपाने लगायतले शोक ब्यक्त गर्दै स्वर्गीय पाण्डे प्रति श्रद्धान्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।
यस्तै नेपाली काँग्रेस रुपन्देहीले आजै आयोजना गरेको शोक सभामा पूर्वमन्त्री एवम् रूपन्देहीका पार्टी सभापति अब्दूल रज्जाकले मणिग्राम क्षेत्रका एकजना मुर्धन्य अभियन्ता तथा साझा अभिभावकको निधनले अपूरणीय क्षति पुगेको बताउनुभयो । शोक सभामा पूर्वसांसद शंकरप्रसाद पाण्डेय, मोहनप्रसाद पाण्डेय, रूपन्देहीका पूर्व पार्टी सभापति रामचन्द्र ढकाल, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, नगर सभापति हरिलाल पाण्डेय लगायतले शोक व्यक्त गर्नुभएको थियो ।
गत कात्तिक १६ गते ९६ वर्षको उमेरमा आफ्नै निवासमा दिवंगत हुनुभएका पाण्डेय वि.सं. २०१६ सालदेखि तिलोत्तमा –९, नन्दनवनलाई केन्द्र बनाई जनस्तरबाट कृषिमा आधुनिकीकरण थाल्नुभएको थियो । स्थानीयबासीको प्रयोजनका लागि पहिलोपटक ट्रयाक्टर, थ्रेसरको व्यवस्था गर्नेदेखि, सामुदायिक सिँचाइका लागि भूमि दान गर्नुका साथै स्वर्गीय पाण्डेले स्थानीयबासीको भलाईका लागि लागि संरक्षकका रूपमा काम गर्नुभएको थियो ।
स्वर्गीय पाण्डेयकी ठूली छोरी भगवतीदेवी भण्डारी लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा सानी छोरी यमकला न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य हुनुहुन्छ ।
त्यस्तै ठूला छोरा भेषराज पाण्डेय उन्नति एग्रो फार्मका प्रोप्राइटर र पशुआहार उत्पादक कम्पनी उत्तम साइलेजका अध्यक्ष हुनुहुन्छ । उत्तम साइलेज मार्फत् तिलोत्तमा नगरमा पचासौं विगाहा जमीनमा अत्याधुनिक प्रविधि र उपकरणसहित धान तथा मकैखेती गर्दै आउनुभएका पाण्डे नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा गौतमबुद्ध मा.वि. र जेसीआई भलवारीका पूर्व अध्यक्ष हुनुहुन्छ ।
माहिला छोरा अर्जुन पाण्डेय हुमा इण्टिग्रेटेड लाइभस्टक फार्मका प्रोप्राइटर तथा उत्तम साइलेजका सञ्चालक, कान्छा छोरा इञ्जिनियर अनन्त पाण्डेय नेपथ्य कलेजका सहायक क्याम्पस प्रमुख हुनुहुन्छ ।

≪ Previous Post

बुटवलको सटर टेण्डरमा जिम्मेवार व्यक्तिबाट षडयन्त्र भएकोे भन्दै पुनः टेण्डर गर्न व्यवसायीको माग

Next Post ≫

शँकरनगर स्पोर्टस् क्लवमा मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क