Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलको सटर टेण्डरमा जिम्मेवार व्यक्तिबाट षडयन्त्र भएकोे भन्दै पुनः टेण्डर गर्न व्यवसायीको माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको सटर टेण्डरमा जिम्मेवार व्यक्तिबाट षडयन्त्र भएकोे भन्दै पुनः टेण्डर गर्न व्यवसायीको माग

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७७ · 0
बुटवलको सटर टेण्डरमा जिम्मेवार व्यक्तिबाट षडयन्त्र भएकोे भन्दै पुनः टेण्डर गर्न व्यवसायीको माग
130
SHARES
ShareTweet

बुटवल २४ कार्तिक
सटर भाडा सम्बन्धी टेण्डर दर्ता गर्ने क्रममा भएको बिवादका कारण बुटवल उपमहानगरपालिकामा झडप भएको छ । बुटवल उप महानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारको ९६ सटरको नयाँ टेण्डर खोल्ने क्रममा बिवाद भएपछि झडप भएको हो ।
सटर भाडा सम्बन्धी टेण्डर फारम दर्ता गर्ने क्रममा बुटवल उपमहानगरपालिकाले धादली गरेको भन्दै व्यवसायीहरुले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
प्रहरीको लाठी चार्जमा परी दुई जना व्यवसायी घाइते भएका छन् । मध्यान्ह १२ बजे सम्म टेण्डर फारम दर्ता गर्ने समय तोकिए पनि नगरपालिकाका कर्मचारीको मिलेमतोमा दिउसो २ बजे सम्म फारम दर्ता गरिएको भन्दै ब्यवसायीहरूले उपमहानगर घेराउ गरेका थिए ।
घेराउका क्रममा उपमहानगरको कार्यालय परिसरमा प्रवेश गर्न खोजेपछि झडप भएको थियो । ब्यवसायीले उपमहानगरले चलखेल गरेर आफुहरूलाई हटाउन खोजेको आरोप लगाएका छन् । मध्यान्ह १२ बजे सम्म टेण्डर फारम दर्ता गर्ने र दिउसो दुई बजे टेण्डर खोल्ने पूर्बनिर्धारित समय रहेको थियो ।
तर उपमहानगरपालिकाका बरिष्ठ अधिकृत बिष्णु खनाल आफै उपस्थित भएर दुई बजे सम्म फारम दर्ता गरिरहेको फेला पारेपछि आफुहरुले बिरोध गरेको सटर व्यवसायी संघका उपाध्यक्ष खुमानन्द खनाल बताउनु भयो ।
टेण्डर दर्ता गर्ने क्रममा उपमहानगरपालिकाले धादली गरेकोले दर्ता भएका टेण्डर रद्ध गरी पुनः टेण्डर खोल्नुपर्ने व्यवसायीहरुको माग रहेको छ ।
बुटवल उपमहानगरपालिकाका अधिकृत खनालले भने व्यवसायीहरुले आफुमाथी लगाएको आरोपमा सत्यता नभएको प्रतिक्रिया दिनु भयो ।
जालझेल गरेर उपमहानगरपालिकाले आफुहरुलाई नाङ्गै बनाउन खोजेको भन्दै केही व्यवसायीले नाङ्गै भएर प्रदर्शन गरेका थिए ।
टेण्डर खोल्ने कार्यमा व्यवसायीले अवरोध गर्न खोजेपछि झडप भएको उपमहानगरपालिकाले जनाएको छ ।
व्यवसायीहरुले नगरपालिका अगाडी बिरोध प्रदर्शन गरेपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । उप महानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टि कम्पनी ले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि उप नगरपालिकामा स्वामित्व जानेगरि तत्कालीन नगरपालिकाले सम्झौता गरेको थियो । शेर्पा टि कम्पनीसँग भाडामा लिएर व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दै आएका थिए । यहि कार्तिक ३० गते म्याद सकिनु अघि उपमहानगरले ३० दिने सुचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेकोमा सोमवार टेण्डर खोल्ने कार्यक्रम रहेको थियो ।

≪ Previous Post

तिलोत्तमामा एक विद्यालय एक नर्स कार्यक्रम शुरु

Next Post ≫

रुपन्देही मणिग्रामका सामाजिक अभियन्ता पाण्डेको निधनमा शोक ब्यक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क