Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर स्पोर्टस् क्लवमा मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगिता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर स्पोर्टस् क्लवमा मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगिता

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७७ · 0
शँकरनगर स्पोर्टस् क्लवमा मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगिता
60
SHARES
ShareTweet

तिलोत्तमा, २५ कात्तिक । ब्याडमिण्टन खेलको विकास, बिस्तार तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थापना गरिएको शँकरनगर स्पोर्टस् क्लवको आयोजनामा आज (मंगलवार) एक दिवसिय आन्तरिक ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ ।
क्लवमा आवद्ध सदस्य खेलाडीहरुका विच सौहार्दपूर्ण सम्वन्ध सुधारसँगै शारिरीक तथा मानसिक स्वास्थ्यका लागि आयोजना गरिएको मैत्रीपुर्ण प्रतियोगितामा क्लवका १४ जना खेलाडीहरु सहभागि भएका थिए ।
तिलोत्तमा नगरपालिका–३ शिवालय मन्दिर नजिकै रहेको क्लवको आफ्नै कोर्टमा भएको मेन्स डबल्स प्रतियोगितामा बसन्त थापा र प्रकाश पौडेलको जोडी प्रथम भएको छ ।
थापा र पौडेलको जोडी मिन प्रसाद सुबेदी र प्रकाश चापागाईको जोडीलाई पराजित गरी प्रथम भएको हो । प्रतियोगितामा मिन प्रसाद सुबेदी र प्रकाश चापागाईको जोडी द्वित्तीय भएको छ भने रामु खत्री र सूरज गुरुङको जोडी तृतिय भएको छ ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रतियोगिताका रेफ्री प्रमोद पहाडी, क्लवका संस्थापक अध्यक्ष ज्ञान प्रसाद ज्ञवाली र पत्रकार खिमानन्द भट्टराईले शिल्ड प्रदान गर्नुभएको थियो ।

क्लवका अध्यक्ष मिन प्रसाद सुवेदीको अध्यक्षता र सचिव बसन्त थापाको सञ्चालनमा भएको कार्यक्रममा क्लवका कोषाध्यक्ष एबम् प्रतियोगिताका संयोजक गोपाल कार्की, सदस्य दिपक ज्ञवाली, ईन्जिनियर विनय ज्ञवाली, अमित क्षेत्रीलगायतले बोल्दै एक आपसमा सुमधुर सम्वन्ध स्थापित गर्ने र आत्मीयता प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
२०६६ सालमा स्थापना भएको क्लवका सदस्य खेलाडीहरु जिल्लाका अन्य क्लवहरुले आयोजना गरेका क्लव स्तरीय तथा खुला ब्याडमिण्टन प्रतियोगितामा सहभागि भएर शिल्ड तथा पुरस्कार प्राप्त गर्न सफल भएका र आन्तरिक रुपमा पनि सदस्य खेलाडीहरु विचको प्रतियोगितालाई निरन्तरता दिइदै आएको क्लवका अध्यक्ष मिन प्रसाद सुवेदीले वताउनु भयो ।

≪ Previous Post

रुपन्देही मणिग्रामका सामाजिक अभियन्ता पाण्डेको निधनमा शोक ब्यक्त

Next Post ≫

शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि सरकार र विश्व बैंकबीच आर्थिक सम्झौतामा हस्ताक्षर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क