Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ स्वर्गीय गंगा टण्डनको स्मृतिमा काँग्रेसको शोक सभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वर्गीय गंगा टण्डनको स्मृतिमा काँग्रेसको शोक सभा

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७७ · 0
स्वर्गीय गंगा टण्डनको स्मृतिमा काँग्रेसको शोक सभा
70
SHARES
ShareTweet

बुटवल, २० कात्तिक । नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले तिलोत्तमा वडा नं. ३ का सभापति कर्णबहादुर टण्डनकी धर्मपत्नी गंगा टण्डनको स्मृतिमा आज शोक सभा गरेको छ । नेपाली काँग्रेसकी क्रियाशिल सदस्य गंगा टण्डनको निधन भएको आज नवौं दिनको पुन्य तिथिमा उहांकै निवास तिलोत्तमा ३ जगृतिपथमा शोक सभा गरिएको हो ।
शोक सभामा सहभागि पार्टीका नेता, कार्यकर्ता, शुभेक्षुक तथा आफन्तहरुले स्वर्गीय टण्डन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शाकाकूल परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेको सभापतित्वमा भएको शोक सभामा पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले मानिसको मृत्युले हरेक जिवित मानिसलाई पिडावोध हुने गरेपनि हामी सबैले मृत्युलाई स्वीकार गर्नु बाहेक अर्को विकल्प नभएको वताउनु भयो । उहांले स्वर्गीय गंगा टण्डन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

शोक सभामा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, काँग्रेस केन्द्रीय कार्यालयका पूर्व मुख्य सचिव ऋषिकेश तिवारी लगायतले बोल्दै जीवनको सुन्दारता बढाउन सबैमा मृत्युको बोध हुनु आवश्यक रहेको वताउनु भयो । जन्म पछिको मृत्युलाई कसैले टार्न नसक्ने वताउदै उहांहरुले मृत्यु जीवनको एउटा भाग हो भनेर स्वीकार गर्नुको कुनै बिकल्प नरहेको उल्लेख गर्नुभयो । मानिस कसरि वाँचेको छ भन्दा पनि मानिस कसरी मर्छ भन्ने कुरा बढि महत्वपुर्ण हुने हुंदा मृत्युको उत्कर्ष जीवन हो भन्ने बोध सबैलाई हुनुपर्ने वताउनु भयो ।
नगर सचिव रामबहादुर थापाले सञ्चालन गर्नुभएको शोक सभामा महासमिति सदस्य चिरन्जिवी पौडेलले स्वर्गीय टण्डनको जीवनी प्रस्तुत गर्नुभएको थियो भने नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक वालकृष्ण खांणको समवेदना पत्र नगर सभापति हरिलाल पाण्डेले स्वर्गीय टण्डनका श्रीमान कर्णबहादुर टण्डनलाई हस्तान्तरण गर्नुभएको थियो ।
शोक सभामा नेपाली काँग्रेस जिल्ला, क्षेत्र, नगर, गाउँ तथा वडा तहका नेता कार्यकर्ता तथा भातृ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

सैनामैनामा नेकपाका १८६ जना नेपाली काँग्रेसमा प्रवेश

Next Post ≫

पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा ः अध्यक्ष आचार्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क