Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैनामा नेकपाका १८६ जना नेपाली काँग्रेसमा प्रवेश
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनामा नेकपाका १८६ जना नेपाली काँग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · १९ कार्तिक २०७७ · 0
सैनामैनामा नेकपाका १८६ जना नेपाली काँग्रेसमा प्रवेश
70
SHARES
ShareTweet

सैनामैना, १९ कात्तिक । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ५ का नेकपाका १८६ जना कार्यकर्ता नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार सैनामैना ५ को प्रगति टोलमा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु काँग्रेसमा प्रवेश गरेका काँग्रेस सैनामैनाका सभापति रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई काँग्रेसका नेता तथा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले अबिर र खादा लगाइदिएर पार्टी प्रवेश गराउनु भएको हो ।
सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेता शाहले सामान्य स्वास्थ्य उपचार नपाएर नागरिकहरुले ज्यान गुमाइरहंदा सरकार भने भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनु भयो । जनताको सुख दुःखको साथी नेपाली काँग्रेस नै भएको दावी गर्दै उहाँले जनहितकालागि काँग्रेसको विकल्प नभएको बताउनु भयो । नेता शाहले जनतालाइ सन्तुष्ट बनाउने गरी आफु यस क्षेत्रको विकासमा लागेको समेत उल्लेख गर्नु भयो ।
सो कार्यक्रममा काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, युवा नेता विष्णु प्रसाद पोख्रेल, सैनानमैना नगर समितिका सभापति रामप्रसाद अधिकारीलगायतले बोल्दै अधिनायकवादी कम्युनिष्ट सरकारले जनहितमा कुनै काम गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा कम्युनिष्टहरुलाई सत्तामा पुग्न नदिनका लागि सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेहरुका तर्फबाट बोल्दै बिजय सुनारले कम्युनिष्ट सरकार जनतामारा देखिएकाले आफुहरु नेपाली काँग्रेसमा प्रवेस गरेको बताउनु भयो । नेपाली काँग्रेस सैनामैना ५ का वडा सभापति तुलसीराम पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत तुलसा भुसाल र सञ्चालन भोजप्रसाद पाण्डेले गर्नुभएको थियो ।

≪ Previous Post

काँग्रेस नेता धितालको स्मृतिमा शोक सभा

Next Post ≫

स्वर्गीय गंगा टण्डनको स्मृतिमा काँग्रेसको शोक सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क