Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा ः अध्यक्ष आचार्य
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा ः अध्यक्ष आचार्य

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०७७ · 0
पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा ः अध्यक्ष आचार्य
90
SHARES
ShareTweet

कोरोनावाट ५ जना पत्रकारको मृत्यु ४१३ संक्रमित
बुटवल २१ कार्तिक
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले कोभिड माहामारीका कारण देखाउदै पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिनु भएको छ ।
जनताका समस्या वाहिर ल्याउने , तिनै तहका सरकारको निगरानी गर्ने पत्रकारहरुको पेशा विस्थापित हुदाँ त्यसको असर सधिै लोकतन्त्रमा पर्ने अध्यक्ष आर्चायले ठोकुवा गर्नु भयो ।
नेपाल पत्रकार महासंघ र प्रेस काउन्शिल नेपालको सम्युक्त आयोजनामा शुक्रवार बुटवमा भएको कोरोनाले मिडिया पारेको प्रभाव विषयक छलफल कार्यक्रममा वोल्दै अध्यक्ष आर्चायले लोकतन्त्रको रक्षाका खातिर जस्तो सुकै संकटको समयमा पनि काममा खटने पत्रकार नै पेशावाट पलाएन हुन दुखद पक्ष भएको धारणा राख्नु भएको थियो ।
उहाँले कोरोनाको संकटवाट पत्रकार र संचारगृहलाई बचाउन सरकारले समानुपातिक विज्ञापन निति लागु गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले सरकारी विज्ञापनलाई विज्ञापन एजेन्सी मार्फत नभई सिधै समानुपातिक हिसावले प्रकासन तथा प्रशारण गृहलाई प्रदान गर्न सरकारसंग माग गरिएको बताउनु भयो ।
त्यस्तै रोजगारी गुमाएका पत्रकारलाई वैकल्पीक रुपमा लेखन वृद्धि प्रदान गर्नु पर्ने र श्रमजिवी पत्रकार ऐन लागु गरेका मिडिया आउसलाई सफट लोन उपलव्ध गराउनु सरकारसंग माग गरेको पनि अध्यक्ष आर्चायले बताउनु भयो ।
उहाँले समानुपातिक रुपमा दैनिक, साप्ताहिक पत्रिका, अनलाईन, रेडियो टिभीहरुलाई सरकारी विज्ञापन उपलव्ध गराउन र सरकारी विज्ञापन एजेन्सीवाट नभई सिधै दिने नीति अवलम्बन गर्न सरकारसंग माग गरिएको अवगत गराउनु भयो ।
कोरोनाको महामारीवाट नेपालमा ५ जना पत्रकारको ज्यान गएको, ४१३ जना संक्रमित भएको, कोरोना शुरु भएपछि ५ सय जना पत्रकारलाई रोजगारीवाट निकालिएको र १५ सय बढीको ३ महिनाको तलव रोकिएको तथ्यांक अध्यक्ष आर्चायले सार्वजनिक गर्नु भएको थियो ।
उहाँले श्रमजिवी पत्रकार ऐन २०५१जारी भएसंगै त्यसलाई मिडिया हाउसले व्यवहारमा कार्यान्वयन गरि दिएको भए संकटका वेला राहात दिन सहज हुने धारणा राख्नु भयो । श्रमजिवी पत्रकार ऐनमा विज्ञापनको १० प्रतिशत रकमा अनिवार्य रुपमा पत्रकार कल्याकारी कोषमा जम्मा गर्नु पर्ने कानुनी प्राबधान रहेको छ । हाल वार्षिक रुपमा नेपालमा सरकारी विज्ञापन मात्र १२ देखि १४ अर्ब रुपैया खर्च हुने गरेको छ । कार्यक्रममा वोल्ने पत्रकारहरुले कोरोना महामारीमा पनि सरकारले पत्रकारहरुका लागि कुनै सहयोग नगरेको गुनासो गरेका थिए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष द्धय दिनेश पाण्डे, निरु गौतम, सचिव राम प्रसाद आर्चाय , सल्लाहकार नारायण सापाकोटा लगाएतले वोल्दै सरकारले मिडिया मैत्री हुन नसकेको धारणा राखेका थिए ।

≪ Previous Post

स्वर्गीय गंगा टण्डनको स्मृतिमा काँग्रेसको शोक सभा

Next Post ≫

शँकरनगर खानेपानीमा नव निर्वाचित कार्यसमितिको पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क