Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर खानेपानीमा नव निर्वाचित कार्यसमितिको पदस्थापन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर खानेपानीमा नव निर्वाचित कार्यसमितिको पदस्थापन

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०७७ · 0
शँकरनगर खानेपानीमा नव निर्वाचित कार्यसमितिको पदस्थापन
60
SHARES
ShareTweet

तिलोत्तमा, २१ कात्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा अवस्थित शँकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम आज भएको छ ।
खानेपानी संस्थाको छैठौं अधिबेशनबाट चार वर्षे कार्यकालका लागि अध्यक्षमा झविन्द्र भण्डारी, उपाध्यक्षमा दिलबहादुर भट्टराई, सचिवमा कमला ज्ञवाली, कोषाध्यक्षमा मित्रलाल न्यौपाने तथा तथा सदस्यहरुमा तारापति ज्ञवाली, खिलबहादुर पौडेल, भिमलाल पौडेल, रेनुका खरेल, रचना सिंह ठकुरी, कृष्णबहादुर क्षेत्री, डोलराज भण्डारी र चन्द्रकान्त खनाल निर्वाचित हुनु भएको छ । यस्तै लेखा समिति संयोजकमा भरतप्रसाद भुसाल तथा सदस्यमा कुलबहादुर भण्डारी र विमला सारु वगाले चयन हुनुभएको छ ।
खानेपानी संस्थाका ८ वटा क्षेत्रका १ सय १ ब्लकबाट निर्वाचित १ सय १ जना पार्षदहरु मध्येवाट संस्थाका पदाधिकारी र सदस्यहरु चयन भएका हुन् ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य तथा लेखा समितिका सदस्यहरुलाई निर्वाचन समितिका संयोजक टेकबहादुर थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद तिवारीले नव निर्वाचित अध्यक्ष झविन्द्र भण्डारीलाई पद हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष तिवारीले नयां समितिलाई सफल वनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो भने निर्वाचित अध्यक्ष भण्डारीले निवर्तमान समितिले अगाडी सारेका योजनालाई निरन्तरता दिदै संस्थालाई नमुना संस्थाको रुपमा स्थापित गर्ने अभियान क्रियाशिल रहने वताउनु भयो ।
सो कार्यक्रममा निर्वाचित समितिलाई वधाई तथा शुभकामना ब्यक्त गर्ने वक्ताहरुले खाने पानी संस्थाका पदाधिकारी तथा सदस्यहरुले उपभोक्ताहरुलाई नियमित रुपमा शुद्ध र गुणस्तरीय पानी उपलब्ध गराउन सुझाव दिएका छन् । उनीहरुले खानेपानी संस्था साझा संस्था भएकाले यसमा सामुहिक अपनत्व हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उपभोक्ताले उपभोग गर्ने पानी र धारा जडान गर्दा संस्थाले लिने शुल्कमा विशेष सहुलियत प्रदान गर्न आग्रह गर्दै उनीहरुले संस्थामा जम्मा भएको रकमलाई ब्यवसायिक प्रयोजन तथा उत्पादशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाई, नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भोमबहादुर ब्ढामगर, खानेपानी उपभोक्ता तथा सरसफाई संस्था महासंघका रुपन्देही अध्यक्ष ध्रुव धिताल, निर्वाचन समिति सदस्य बेलप्रसाद शर्मा, मिनप्रसाद पोख्रेल लगायतले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
निर्वाचन समितिका संयोजक टेकबहादुर थापाले खानेपानी संस्थाको ऐतिहासिक पृष्ठभूमि सहितको निर्वाचन प्रतिवेदान प्रस्तुत गर्दै २०३८ सालमा ४ लाख ५० हजार लिटर क्षमताको टंकि निर्माण गरी २०४२ सालमा शँकरनगरवासीलाई पिउने पानीको शुरुवात गरिएको वताउनु भयो । विगतमा चापाकल समेत नभएको अवस्थामा तिनाउ खोलाको पानीलाई फिटकिरीबाट शुद्धिकरण गरेर पिउने बाध्यतामा रहेका उपभोक्तालाई हाल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको पिउने पानी उपलब्ध गराउन संस्था सफल भएको भन्दै उहांले आगामी दिनमा अलपकालिन र दिर्घकालिन योजना निर्माण गरी खानेपानीका साथै सरसफाईलाई पनि ब्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
शँकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा हाल ७ हजार हाराहारीमा खानेपानी उपभोग गर्ने उपभोक्ता रहेका छन् । संस्थाले उपभोक्तालाई ८ हजार लिटरसम्म पानी न्युनतम २० रुपैयांमा उपल्ब्ध गराएको छ ।
((((((

≪ Previous Post

पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा ः अध्यक्ष आचार्य

Next Post ≫

कल्याणकारीको साधारण सभा ःसहकारी शेयर सदस्य मैत्री हुनु पर्नेमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क