भैरहवा, १७ साउन । रोहिणी गाउँपालिकाले आईतबार र सोमबार दुई दिन सार्वजनिक बिदा गरेको छ । आईतबार मुस्लिम समुदायको पर्व ईद–उल–अजहा (बकरिद)को अवसर र सोमबार हिन्दुहरुको पर्व रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आईतबार तथा सोमबार गाउँपालिका र यस अन्तर्गतका सम्पूर्ण कार्यालय एवं शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदाको घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले कोभिड–१९ को बिषम परिस्थिति रहेकाले सावधानीपूर्वक पर्वहरु मनाउन अपिल गर्नुभएको छ ।
