Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे कोरोना विरुद्धको लडाई जित्नेलाई विदाई
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे कोरोना विरुद्धको लडाई जित्नेलाई विदाई

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७७ · 0
गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे कोरोना विरुद्धको लडाई जित्नेलाई विदाई
90
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, १८ साउन । संघीय सरकारले कोरोना संक्रमितहरुलाई १४ दिन आइसोलेसनमा राखेर पुन पिसिआर परीक्षण नगरी पठाउने निर्देशिका जारी गरको छ । तर गण्डकी प्रदेश सरकारले भने आफ्नै खर्चमा संक्रमितहरुको पिसिआर परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्काउने नीति लिएको छ ।
यस्तो नीति लिएको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासी पुगेर कोरोना विरुद्धको लडाइ जितेकालाई अस्पतालबाट विदाई गर्नुभएको छ ।
पूर्वी नवलपरासीको रहजर स्थित प्राकृतिक चिकित्सालयमा रहेका संक्रमितहरु मध्ये शनिबार निको भएका २३ जनालाई विदाई गर्न मुख्यमन्त्री गुरुङ शनिबार राति अस्पताल पुग्नुभएको हो । संक्रमितहरु निको भएर समुदायमा फर्कन पाउँदा उनीहरुको उत्साह युद्ध जिते भन्दा कम थिएन । उनीहरु नाच्दै गाउंदै रमाउँदै घर फर्किएका थिए ।
संक्रमितहरु अधिकांश घरको आर्थिक अवस्था कमजोर भएपछि घर परिवार पाल्ने सपना देखेर विदेश गएका थिए । फर्किदा उनीहरु कोरोना भाइरस बोकेर नेपाल आए । कोही भारतबाट जन्मभूमि फर्किएका थिए भने कोही खाडी मुलुकबाट ।
रजहरको प्राकृतिक चिकित्सालयमा अहिलेसम्म ३ सय १५ जना संक्रमितहरुको उपचार गरिएकोमा २ सय ९४ जना निको भएर घर फर्किएका छन् भने आइतबार थप ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि विदाई गरिएको छ । यहाँ अब जम्मा २१ जना मात्र संक्रमितहरु उपचाररत रहेका छन् । ती मध्ये पनि कतिपय आजभोलि नै विदा हुने तयारीमा छन् । यहाँ उपचार गरिएका मध्ये कतिपय ७ दिनमा निको भएर फर्किएका छन् भने कतिपय ४०÷४५ दिनसम्म उपचार गरेर पुर्णरुपमा निको भएर मात्र फर्किएका छन् ।
शनिबारराती निको भएर घर फर्किनेहरुमा ४ बर्षका बच्चा देखि आफ्नो लाउँलाउँ र खाउँखाउँको उमेरमा अर्काको देशमा पसिना बगाएर फर्कनेहरु पनि थिए । संक्रमितहरु निको भएर समुदायमा फर्कन पाउँदा कतिपय यतिसम्म खुसी थिए कि विदाई कार्यक्रममा सहभागि मुख्यमन्त्री र उपचाररत डाक्टरहरुलाई भगवान सरह मानेर खुट्टा ढोगगर्न सम्म भ्याएका थिए ।
कार्यक्रममा कोरोना भाइरस विरुद्धको लडाइ जितेकाहरुलाई विदाई र उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै मुख्य मन्त्री गुरुङले कोरोना भाइरस विरुद्धको लडाईमा नेपालले चिताएको जस्तो सफलता प्राप्त गरेको बताउनुभयो ।
रजहरको प्राकृतिक चिकित्सालय नेपालमा एक मात्र यस्तो स्थान हो जहां संक्रमितहरुलाई प्राकृतिक पद्दतिबाट उपचार गरिएको छ ।
यस्तै पूर्वी नवलपरासीमा ५ बर्षीय बालकले कोरोना विरुद्धको लडाइ जितेका छन् । आइतबार उनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई विदाई गरिएको छ । गैडाकोटका ५ बर्षीय बालक सहित बौदीकाली गाउँपालिकाका १ जना पुरुष र मध्यविन्दु नगरपालिकाका १ जना पुरुषले आइतबार कोरोना भाइरस विरुद्धको लडाई जितेका हुन् ।
यसैबीच नवलपुरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिकाका ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । आइतबार थपिएका संक्रमित सँगै नवलपुरमा संक्रमितको संख्या ३ सय २७ पुगेको छ भने ३ सय ६ जना निको भएर फर्किएका छन् ।

≪ Previous Post

रोहिणी गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

Next Post ≫

देवकोटाको अध्यक्षतामा सितोरियो कराते संघको नयाँ समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क