बुटवल, १९ साउन । सितोरियो कराते संघ, रुपन्देहीको बुटवलमा आयोजित दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले सितोरियो खेलाडी तथा प्रशिक्षक कृष्ण देवकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट गठिन समितिको उपाध्यक्षमा सन्तोष सिंह र बासु बस्याल, सचिबमा मिनराज गिरी, सह–सचिबमा भुपेन्द्र सिंह थापा, कोषाध्यक्षमा प्रेम बहादुर राना तथा सदस्यहरुमा जिवन थापा, बिजय सापकोटा, अर्जुन श्रेष्ठ, रामबृक्ष ठाकुर, मनोज थापा, मन्जिल सुबेदी, बुद्धिमान थारु, शिबनारायण चौधरी, रश्मि पाण्डे र उर्मिला केवट रहेका छन् ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाको प्रमुख आतित्यथा तथा नेपाल सितोरियो संंघका केन्द्रिय प्रतिनिधि अमिर राईको रोहबरमा भएको संघको दोस्रो अधिवेशनमा बोल्ने बक्ताहरुले नेपालको खेलकुदको विकासका लागि खेलाडीहरुको संरक्षण र शारिरीक विकासमा जोड दिनु पर्ने बताएका थिए । उनीहरुले कोरोना संक्रमणका कारण खेल गतिविधिमा पारेको प्रभाव र आएको सुस्ततालाई तोडेर प्रतियोगिताहरु आयोजना गर्ने बातावरण बनाउन सबै लाग्नुपर्ने बताए ।
अधिवेशन संंघका अध्यक्ष उमेश थापाको अध्यक्षता, सचिव संंतोष सिंहको सञ्चालनमा भएको थियो । संघका नवनिर्वाचित अध्यक्ष देवकोटा मदन भण्डारी स्पोर्टस् एकेडेमी जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष हुन् ।
