Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काँग्रेसको संगठन विभागद्वारा नगर, गाउँ र वडा सभापतिलाई प्रशिक्षण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेसको संगठन विभागद्वारा नगर, गाउँ र वडा सभापतिलाई प्रशिक्षण

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0
काँग्रेसको संगठन विभागद्वारा नगर, गाउँ र वडा सभापतिलाई प्रशिक्षण
90
SHARES
ShareTweet

बुटवल, १९ साउन । नेपाली काँग्रेस रुपन्देहीको जिल्ला संगठन विभागले स्थानीय तह, बुथ तथा वडा सभापतिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार भैरहवामा सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा काँग्रेसका नगर, गाउँ तथा वडा सभापतिहरु गरी १ सय ६० जनाको सहभागिता रहेको जिल्ला संगठन बिभागका प्रमुख बाशुदेव रिमालले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले लोकतन्त्रको भ्रम छरेर कम्युनिष्ट सरकारले दुई तिहाईको बलमा देशमा लुटतन्त्र मच्चाइ रहेको आरोप लगाउनु भयो । सरकारकै संरक्षणमा भ्रष्टाचार र बेथिति मौलाएको भन्दै उहाँले नेपाली काँग्रेसले गाँउ तहबाटै त्यसका बिरुद्ध आवाज उठाइरहेको बताउनु भयो । देश र जनताको सर्वोपरी हितकालािग नेपाली काँग्रेसलाइ अझ शसक्त र क्रियाशिल बनाएर अगाडी लैजाने अभियानमा लागिएको सभापति रज्जाकले बताउनु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य इस्तियाक अहमद खाँ, पार्टीका उपसभापति फणेन्द्र शर्मा, सरिता चौधरी, सचिव रामकृष्ण खाँण, हरिप्रसाद काफ्ले, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्रिय सभापतिहरु क्षेत्र नंं २ का सभापति हरि लम्साल, १ का सभापति हिराबहादुर खत्री, ३ का सभापति मातृका यादव लगायतले धारणा राख्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य मदन कट्टेलले पार्टीको नीति, कार्यक्रम तथा संगठन र सदस्य बिस्तारका सम्बन्धमा प्रशिक्षण दिनु भयो ।
जिल्ला संगठन बिभागका प्रमुख बासुदेव रिमालले प्रशिक्षण कार्यक्रमको समापन गर्दै हरेक स्थानीय तह र गाउँ गाँउमा पुगेर पार्टी संगठनलाई विस्तार गर्ने काम बिभागले गरिरहेको बताउनु भयो । बिभागका उपप्रमुख बाबुराम भट्टराईको स्वागत र सचिव सुदर्शन नेपालको संचालमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

देवकोटाको अध्यक्षतामा सितोरियो कराते संघको नयाँ समिति गठन

Next Post ≫

आज रक्षाबन्धन तथा जनै पूर्णिमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क