Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी अनाथ आश्रमलाई ३ लाख बरावरको सामाग्री सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी अनाथ आश्रमलाई ३ लाख बरावरको सामाग्री सहयोग

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७७ · 0
लुम्बिनी अनाथ आश्रमलाई ३ लाख बरावरको सामाग्री सहयोग
80
SHARES
ShareTweet

बुटवल, १७ साउन । लायन्स क्लव अफ मणिग्राम रुपन्देही र एक्स्पर्ट फाउण्डेशन नेपालले बुटवल उप महानगरपालिका–१५, उजेलापुरमा अवस्थित लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमलाई करिव ३ लाख बरावरको सामाग्री सहयोग गरेका छन् ।
२०७३ सालमा स्थापना भै २०७५ सालमा संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएको आश्रमलाई आज (शनिबार) लायन्स क्लव अफ मणिग्राम र एक्स्पर्ट फाउण्डेशनले आश्रम परिसरमा संयुक्त कार्यक्रमको आयोजना गरी सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
शारिरीक रुपमा अपाङ्ग, दृष्टिविहिन र अनाथहरुले भाडाको घरमा संचालन गरेको आश्रममा आश्रीत अपाङ्ग, दृष्टिविहिन र अनाथहरुको समस्यालाई केही हदसम्म सम्बोधन गर्नेगरी आश्रम संचालकहरुको माग र आश्रमको आवश्यक्ता अनुसार क्लव र फाउण्डेशनले सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
बुटवल तथा छिमेकी गाउँ तथा नगरपालिकाका सडक गल्लीमा गीत गाएर तथा आश्रममै उत्पादन गरिएको अगरवत्ती र मुढा विक्री वितरण गरेर संकलन भएको रकमवाट आश्रम संचालन गर्न समस्या भैरहेको अवस्थामा क्लव र फाउण्डेशनले आश्रमलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग गरेको र यो सहयोगले आश्रम संचालनका लागि ठूलो राहत मिलेको आश्रमका अध्यक्ष मिरा कुमारी खड्काले बताउनु भयो ।
क्लव र फाउण्डेशनले आश्रमको माग अनुसार छोटो समयमा विभिन्न दाता र क्लव तथा फाउण्डेशका सदस्यहरुबाट आर्थिक तथा अन्य आवश्यक सामाग्रीहरु दाल, चामल, चिनी, मसला, भान्सामा प्रयोग हुने ग्यांस चुलो, थाल कचौरा, सिरक डसना सहित ५ थान पलङ्, २० थान कुर्ची, झुल, पंखा, इन्भर्टर, सोलर प्यानल, चप्पल, दुई दुई सेट लगाउने कपडा, औषधी, तरकारी, कराही, प्रेसर कुकर, खाने तथा लगाउने तेल गरी करिव ३ लाख बरावरको सामाग्री प्रदान गरिएको लायन्स क्लव मणिग्रामका अध्यक्ष सुरजकुमार लम्सालले जानकारी दिनुभयो ।
आश्रममा सहयोग सामाग्री प्रदान गर्दै लायन्स क्लव ३२५ वी टु का डिष्ट्रिक गभर्नर शम्भु नकर्मीले हाम्रो समाजमा धेरै जसो सहयोग देखाउन र प्रचारका लागि गरिने गरेको अवस्थामा लायन्स क्लव मणिग्राम र एक्स्पर्ट फाउण्डेशनले आफु भन्दा कमजोरलाई सहयोग गर्ने लायन्सको मर्म र उद्देश्य अनुरुप दीन दुखिको दिल जित्ने गरी आश्रमलाई सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । उहांले आश्रमको संस्थागत विकास र आश्रममा आश्रीतहरुको समस्या समाधानका लागि आर्थिक सहयोग गर्न संस्थागत पहल गर्ने आश्वासन दिनुभयो ।
देवदह नगरपालिका ५ का वडाअध्यक्ष एबं नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपानेले सक्नेले नसक्नेलाई सहयोग गर्नु मानविय दायित्व र कर्तब्य हो भन्दै आश्रमको स्थायित्वकालागि जग्गाको ब्यवस्थापन गर्ने काममा सहयोग गर्ने बताउनु भयो ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डेले क्लव र फाउण्डेशनले सही सामाग्री सही ठाउंमा सहयोग गरेर सबैको मन मुटु छुने काम गरेको बताउनु भयो ।
क्लवका सदस्य, कार्यक्रम संयोजक एबं एक्स्पर्ट फाउण्डेशनका अध्यक्ष रोशन कंडेलले दुखिहरुलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमको माग र आवश्यक्ता अनुसार सहयोग सामाग्री प्रदान गरिएको वताउंदै स्थानीय निकायले आश्रमको स्थायित्वका लागि जग्गाको ब्यवस्थापन गरिदिएमा उक्त जग्गामा एक्स्पर्ट फउण्डेशनले भवन निर्माण गरिदिने प्रतिवद्धता जनाउनु भयो ।
लायन्स क्लव मणिग्रामका अध्यक्ष सुरजकुमार लम्सालले क्लवको छैठौं कार्यक्रम अन्तर्गत ३ दिनमा सबै सामान जुटाएर आश्रमलाई सहयोग गरिएको बताउंदै ६ महिनासम्म आश्रमलाई खाद्यान्नको ब्यवस्थापन गर्ने जिम्मेवारी क्लवले लिएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिदै जाने बताउनु भयो ।
आश्रममा शारिरीक रुपमा अपाङ्ग, दृष्टिविहिन र अनाथ गरी ३० जना भन्दा वढि आश्रीत रहेको, कुनै पनि सरकारी सहयोग नपाई रहेको र आश्रम संचालन गर्न धौ धौ भैरहेको अवस्थामा क्लव र फाउण्डेशनले सवैभन्दा ठूलो सहयोग गरेको भन्दै आश्रमका उपाध्यक्ष लिलारामले दुबै संस्था प्रति आभार ब्यक्त गर्नुभयो ।
क्लवका उपाध्यक्ष दिपक भण्डारीको संचालनमा भएको कार्यक्रममा बुटवल १५ का जनप्रतिनिधि अन्जली रोका गोतामेलगायतले आआफ्ना भनाई राख्नु भएको थियो । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा क्लव तथा फाउण्डेशनका पदाधिकारी र सदस्यहरुको सक्रिय सहभागिता रहेको क्लवका सदस्य बाबुराम पाठकले जानकारी दिनुभयो ।

≪ Previous Post

पक्राउ परेका नेतालाई रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

Next Post ≫

रोहिणी गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क