Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पक्राउ परेका नेतालाई रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पक्राउ परेका नेतालाई रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७७ · 0
पक्राउ परेका नेतालाई रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी
100
SHARES
ShareTweet

साउन १७ बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले पार्टी ब्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सङ्गम, सहित १० जना नेता कार्यकर्तालाई तत्काल रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने चेतावनी दिएकोे छ ।
प्रहरीले नेकपाका जिल्ला इन्चार्ज सङ्गम सहित बिष्णु भट्टराई, नाथुप्रसाद थारुसँगै सरिता बराह, पारस राहादी मगर, अजमहमद मिया, बलबहादुर दर्जी, माधव न्यौपाने, तुल्सीराम भण्डारी, रोशन रिजाललाई शुक्रवार पक्राउ गरेको थियो ।
नेकपाले पार्टी नेता कार्यकर्तासँगै ‘हतियार भेटिएको’ समाचार झुठा र अनर्गल भएको बताएको छ ।
लुम्बिनी ब्युरो इन्चार्ज भीमले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै साउन १६ गते पक्राउ परेका आफ्ना नेता कार्यकता तथा शुभचिन्तकलाई रुपन्देही जिल्लाको बुटवलबाट प्रहरीले गिरफ्तार गरेको घटनाले सिङ्गो पार्टी पंक्तिलाई स्तब्ध र आक्रोशित बनाएको बताएको छ ।
विज्ञप्तीमा इन्चार्ज भीमले सुकुम्बासी बस्तीमा स्थानीय जनताका समस्याबारे छलफल गरिरहेको अवस्थामा गिरफ्तार गरेको भन्दै देश कोरोना सङ्कट र प्राकृतिक विपत्तिले भयावह भइरहेको बेला केपी–प्रचण्ड नेतृत्वको सरकारले पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकलाई हतियार भेटिएको भनि झुठा मुद्दा लगाएर जेल चलान र दमनबाट क्रान्तिलाई निस्तेज गर्ने दिवासपना देखिरहेको बताएका छन् ।
गिरफ्तार गरिएका पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई यथाशिघ्र रिहा गरियोस् यसो नगरिए पार्टी सशक्त प्रतिरोधमा उत्रिन बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गिरफ्तार गरिएका नेता कार्यकर्ता तथा शुभचिन्तकहरु रिहाइको लागि पहल गरिदिनु हुन सम्पूर्ण कानुन व्यवसायी, बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार एवं सरोकारवाला सबै पक्षमा हार्दिक अपिल समेत गरिएको छ ।

≪ Previous Post

रगतको अभाव हुन नदिन नियमित रक्तदाता संघसंग सैनामैना नगरपालिकाले सहकार्य

Next Post ≫

लुम्बिनी अनाथ आश्रमलाई ३ लाख बरावरको सामाग्री सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क