Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कोरोना संक्रमित गुल्मीका शिक्षकले पढाउने स्कुलमा क्वारेन्टाइन छैन : मदाने गाउँपालिका
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमित गुल्मीका शिक्षकले पढाउने स्कुलमा क्वारेन्टाइन छैन : मदाने गाउँपालिका

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७७ · 0
कोरोना संक्रमित गुल्मीका शिक्षकले पढाउने स्कुलमा क्वारेन्टाइन छैन : मदाने गाउँपालिका
110
SHARES
ShareTweet

गुल्मी, ७ जेठ । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालको आइसियूमा भेण्टिलेटरको सहायतामा उपचाररत गुल्मीका कोरोना भाइरस संक्रमित पुरुषले शिक्षण गर्ने विद्यालयमा क्वारेण्टाइन स्थापना नगरिएको गुल्मीको मदाने गाउँपालिकाले जनाएको छ ।
गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ निवासी ४१ ब्र्षिय पुरुष कहिल्यै पनि क्वारेण्टाइनमा खाना पुर्याउन जाने काम नगरेको र लकडाउन अवधिभर घरमै रहनुभएका स्वास्थ्य प्रति सचेत नागरिकलाई कसरी कोभिड १९ पोजेटिभ देखियो भन्ने विषयमा अध्ययन भैरहेको गाउँपालिकाले विज्ञप्ति जारी गरी जनाएको छ ।
मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले आज (बुधबार) दिउँसो एक विज्ञप्ति प्रकाशित गरि उहांको हालको स्वास्थ्य अवस्था र घर नजिकै क्वारेण्टाइन थियो भन्ने भ्रामक समाचार प्रशारणबाट हामी अत्यन्तै दुखित भएका छांै भन्नुभएको छ ।
‘जोखिमको यस समयमा सम्पुर्ण मदाने गाउँपालिका वासि बुवा, आमा, दाजु, भाई, दिदी बहिनीहरुलाई धैर्यता पुर्वक रहनु हुन र कोभिड १९ विरुद्धका सुरक्षाका उपायहरु ऋपनाउनुहुन सादर अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
४१ बर्षिय शिक्षक रूपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेको र उहाँको जेठ ५ गते प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोभिड–१९ पोजेटिभ आएको र हाल उहांको क्रिमसन अस्पतालमा भेण्टिलेटरको सहायतामा उपचार भैरहेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पालिकाले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै क्रिमसन अस्पतालले पनि ती बिरामीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ ।
अस्पतालमा उपचाररत विरामीको बुधबार मृत्यु भएको भनी विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि अस्पतालले विज्ञप्ति जारी गरेर समाचार निराधार रहेको र विरामीको उपचार भैरहेको वताएको हो ।

≪ Previous Post

गुल्मी मदानेका शिक्षकमा कोभिड १९ संक्रमित देखिएपछि ६९जनाको स्वाब संकलन

Next Post ≫

देवदह नगरपालिकाद्धारा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीगरि २३१ जनाको कोरोना बिमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क