Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गुल्मी मदानेका शिक्षकमा कोभिड १९ संक्रमित देखिएपछि ६९जनाको स्वाब संकलन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मी मदानेका शिक्षकमा कोभिड १९ संक्रमित देखिएपछि ६९जनाको स्वाब संकलन

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७७ · 0
गुल्मी मदानेका शिक्षकमा कोभिड १९ संक्रमित देखिएपछि ६९जनाको स्वाब संकलन
100
SHARES
ShareTweet


बुटवल ७ जेठ
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत विरामीमा कोभिड १९ संक्रमित देखिएपछि ६९ जनाकोे पिसिआर परिक्षणकका लागि स्वाब सकंलन गरिएको छ ।
गुल्मीको मदाने गाउँपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल पुर्णरुपमा शिल गरिएको हो ।
शिक्षण पेशामा रहनु भएका उहाँलाई संक्रमण देखिएपछि गुल्मीको मदाने गाउँपालिका पुर्कोटदहका विरामीका घरपरिवार र उहाँसंग सनिकट रहेका ३० जनाको स्वाब संककलन गरिएको छ ।
त्यस्तै क्रिमसन अस्पतालमा कोभिड १९ संक्रमित देखिएका गुल्मीका विरामीको उपचार गरिएको अर्घाखाचीको सन्धीखर्कमा रहेको छायाँपोलिकिल्नीक पनि शिल गरि त्यहा कार्यरत १० जनाको पनि स्वाब संकलन गरि परिक्षणका लागि रुपन्देहीको भैरहवा पठाईएको छ ।
शिल गरिएको अस्पतालवाट कोरोना संक्रमित व्यक्तिको उपचारमा नजिकवाट काम गरेका चिकित्सक ,अस्पतालका कर्मचारी र विरामीका सहयोगि गरि २९ जनाको स्वाब सकंलन गरिएको छ ।
कोरोना संक्रमण देखिएका व्यक्तिको उपचार गरिएको अस्पतालको एमरजेन्सी, आईसियू र वाडमा कार्यरत २६ जना र विरामीका सहयोगि ३ जनाको स्वाब संककलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो ।
सोमवार कोरोना संक्रमित देखिएकका गुल्मी मदाने ६ का शिक्षकको भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो ।
उनी यही जेठ १ गते जण्डिस रोगको उपचारका लागि गुल्मीबाट अर्घाखाँची हुदै रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा आएका हुन ।
उहाँको क्रिमसन अस्पताल मणिग्राममा भेण्टिलेटरमा राखेर उपचार भैरहेको छ । जिल्लामा सवैका लोकप्रिय रहेका शिक्षकलाई कसरी कोभिड १९ पोजेटिभ देखियो भन्ने विषयमा आम जनमानसमा जिज्ञासा उत्पन्न भएको छ ।
उहाँ मदाने गाउँपालिका वडा नम्बर ६मा संचालित कङकेदेउरालीे आधारभुत विद्यालयका प्रअ रहनु भएको छ । त्यस्तै गरि शिक्षक महासंघ मदाने गाउँपालिकाका अध्यक्ष समेत रहनु भएका उहाँको क्रिमसन अस्पातालमा आईसियुमा भेन्टीलेटरो सहयोम उपचार भैरहेो अस्पतालले जनाएको छ ।

≪ Previous Post

चौधरी उद्योग ग्राम पाँच दिनको लागि शिल

Next Post ≫

कोरोना संक्रमित गुल्मीका शिक्षकले पढाउने स्कुलमा क्वारेन्टाइन छैन : मदाने गाउँपालिका

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क