नवलपरासी, ७ जेठ । कोरोना संक्रमित महिला माइती गाउँ बसेको पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग पाँच दिनको लागि शिल गरिएको छ ।
जिल्ला प्रशासन र देवचुली नगरपालिकाले साविक दिव्यपुरी गाविस शिल गर्ने निर्णय गरेर शिल गरेसँगै चौधरी उद्योग पनि पाँच दिनका लागि शिल भएको हो ।
चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले बुधबार एक विज्ञप्ति जारी गर्दै उद्योग पाँच दिन शिल गर्न निर्देशन भए बमोजिम शिल गरिएको जनाउनु भएको छ ।
विज्ञप्तिमा उद्योग परिषर भित्रबाट कोही कसैलाई पनि आउजाउ समेत गर्न नदिने जनाइएको छ । संक्रमित महिलाको माइती पक्षले सञ्चालन गरेको होटेल खाद्यान्न पसल चौधरी उद्योग अगाडि नै रहेको छ ।