बाबुराम खत्री
बिषय प्रबेश
बिश्वमा हाल कोभिड–१९ नामको महामारीले एक प्रकारको बिध्वंश मच्चाइ रहेको छ । संसारमा केहि अपबाद बाहेक कुनै पनि देश यस महामारी बाट आक्रान्त नभएको छैन । यसका कारण हरेक मुलुकलाई आफ्नो सोच र शैलिमा एक पटक सोच्न बाध्य बनाएको छ । कतिपय देशको आर्थिक, सामाजिक र सास्कृतिक सोचमा समेत फेरबदल आउन सक्ने देखिन्छ । यो खालको महामारीले देशको सबै क्षेत्रमा असर गरेको छ भने सबै भन्दा बढी आर्थिक क्षेत्रमा असर गरेको छ । आर्थिक क्षेत्रको मेरुदन्ड भनेको नै बंैकिङ क्षेत्र भएको कारण यसको असर बाट यो क्षेत्र पनि अछुतो रहन सक्ने भन्ने हुदैन । यो समस्या पश्चात ब्यक्ति, समाज र राष्ट्रको सोचमा समेत फेरबदल आउन सक्ने हुदा यो क्षेत्रले पनि यसको समय सापेक्ष निर्णय लिनुपर्ने देखिन्छ । जसको सोझो प्रभाब बैंकिङ जगतमा पर्न जाने देखिन्छ । अझ नेपाल जस्तो आयात बढी र निर्यात नगन्य मात्रामा भएको साथै बैदेशिक रोजगारमा निर्भरता रहेको राष्ट्रको लागि यहां कार्यरत बैंक तथा बित्तिय संस्थाले आगामी दिनमा आआफ्नो कार्यदिशामा समिक्षा गरी समय सापेक्ष परिवर्तन गनुपर्ने देखिन्छ । साथै यो महामारीले यहांको बैंकिङ जगतलाइ समस्या मात्रै नभएर अवसर र चुनौति पनि दिएको छ । जुन निम्नानुसार हुन सक्ने देखिन्छ ।
समस्याहरु
हुनत संसारमा यस्ता खालका महामारी तथा प्रकोप पुर्ब जानकारी दिएर आउने हुदैन, जसको कारण पुर्ब तैयारी गर्ने अबस्था पनि रहदैन । तर जब आउछ त्यस पश्चात ब्यबस्थापन गर्नु जरुरी हुन्छ । बैंक बाट प्रवाह भएका उपभोग्य प्रकृतिका कर्जा जसको श्रोत भनेको स्वदेशका दैनिक, मासिक कमाई लगायतका आयश्रोत तथा बिदेशको रेमिटान्स बाट प्राप्त हुने आय लाइ मुख्य आधार मानेर प्रवाह भएका छन् । आगामी दिनमा बैदेशिक रोजगारीमा आउन सक्ने कटौतिका कारण त्यस किसिमका कर्जामा समस्या नआउला भन्न सकिदैन ।
त्यसै गरी देशको पर्यटन क्षेत्र, होटल ब्याबसायमा बैंक तथा बित्तिय क्षेत्रको ठुलो लगानीे रहेको छ । यो महामारी बाट सबै भन्दा नराम्रो संग प्रभावित क्षेत्र भनेको सायदै पर्यटन क्षेत्र नै होला । जसको अबस्था दशकौ पछाडी धकेलिन पुगेको छ । अथवा यो क्षेत्रमा प्रवाह भएको कर्जाको खराब कर्जा दर अत्यधिक हुने कुरामा सन्देह छैन । त्यसैगरी उद्योग धन्दा, कल कारखानाका साथै ब्यापार ब्यबसाय पनि त्यसरिनै प्रभावित छन् । ब्यापक बेरोजगारी, उत्पादन क्षमतामा ह्रास, उत्पादित सामान बजारसम्म लैजान नसक्दा हुने नोक्सानी आदि का कारण यो क्षेत्र पनि प्रभावित छ । यसै क्षेत्रमा बैंक तथा बित्तिय क्षेत्रको सबै भन्दा बढी लगानी रहेको छ । यो किसिमको समस्याले समयमा कर्जा असुली हुन नसक्ने मात्र नभई कतिपय कर्जाको साँवा समेत उठ्न समस्या हुने देखिन सक्दछ ।
अवसरहरु
यो कोरोना महामारीले समस्या मात्र ल्याएको छ भनेर आत्तिनु र भयभित भै हाल्नु पर्ने छैन । किन भने संसारमा यी र यस्ता खालका माहामारी पहिलो पटक आएको होइन । यस पुर्ब पनि आएका प्रभाव संगै समाधान भएर र जनजीवन सामान्य भएको अनुभब हामी संग छ । यसले नेपालको बैंकिङ जगतमा पनि समस्या मात्र लिएर आएको छैन थप केहि नयाँ संभावना र अवसरहरु पनि लिएर आएको छ । केहि बैंक तथा बित्तिय संस्थालाई आफ्नो इतिहास तर्फ फर्केर सोच्न बाध्य बनाएको छ, भने केहिलाइ आफ्नो दृष्टिकोणमा पुन बिचार गनुपर्ने अबस्थामा पुर्याएको छ ।
यो परिस्थिति पश्चात हाम्रो बैदेशिक रोजगारीको लागि भारत लगायत तेश्रो मुलुकमा जाने आम मानसिकतामा पनि ठुलो परिवर्तन आउने निश्चित छ । समस्याको बेलामा आफ्नो जन्मभूमिमा आउदा भोगेको पिडा तथा बिदेशमा रहदा पाएको दुःख. र समस्याले गर्दा थोरै आम्दानी भए पनि स्वदेशमानै केहि गर्नुपर्छ भन्ने भावना बिकास भएको हुनुपर्दछ । कृषि कार्य गर्न मलेसिया, कतार, इजरायल जाने सोंच वनाएका वा गएका ब्यक्तिमा अब स्वदेशमा नै केहि गनुपर्छ र गर्न सकिन्छ भन्ने मानसिकता बिकास हुन सक्ने भएका कारण कृषिमा ब्याबसायिकरण हुने निश्चित छ । पहाडका पाखा पखेराहरु अब हराभरा तथा कृषि उत्पादनमा परिणत हुने छन् । सरकारको नीति सही भएको खण्डमा अबको कृषि पेशा सम्मानित तथा मर्यादित हुने कुरामा सन्देह छैन । अब कृषि कर्जाको माग तिब्र हुन सक्ने देखिन्छ । कृषि कर्जा प्रदान गर्ने बैंक तथा बित्तिय संस्था जस्तै कृषि बिकास बैंक जस्ता संस्थालाइ एक पटक नेपालीले सझनु पर्ने दिन आएकोछ । हिजो पहाडका कुनाकन्दरामा लगानी भएका कर्जामा समस्या थिए तर अबका दिनमा त्यस्तो समस्या नआउन सक्दछ । अब के पहाड, हिमाल, तराई सबै क्षेत्रको कृषिमा नै बैंकिङ क्षेत्रको हब हुन सक्ने देखिन्छ । जहा बैंकिङ श्रोत तथा कर्जा प्रवाह दुबैलाइ उपयुक्त क्षेत्र हुन सक्दछ । कृषि बिकास बैंकको अहिले पनि ठुलो अंश कृषि क्षेत्रमानै छ । जसको कारण यी बैंकहरुले यो अबस्थालाइ अवसरको रुपमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी शहरी क्षेत्रमा रहेर त्यसमा पनि न्युन मात्रमा कृषि कर्जा प्रवाह गरी अन्य क्षेत्रलाइ आफ्नो मुख्य गन्तब्य बनाएका बैंक तथा बित्तिय क्षेत्रले पनि त्यो गन्तब्यलाइ परिवर्तन गर्नुपर्ने हुन्छ वा अबको लगानी कृषि, उद्योग र ब्याबसायिक कृषिमा केन्द्रित गनुपर्ने देखिन्छ ।
चुनौतिहरु
यो कोरोनाको महामारीका कारण नेपालको बैंकिङ क्षेत्रले ठुलाठुला चुनौतिहरु झेल्नुपर्ने निश्चित छ । यो महामारी पुर्ब नै एक प्रकारको एकअर्का बिचमा अस्वस्थ प्रतिप्रधाका कारण सहज अवस्थामा पनि चुनौति भोग्न परेको यो क्षेत्रले महामारी पश्चात त्यो मात्रा झनै बढ्ने देखिन्छ । खास गरी पुराना कर्जा समयमा फिर्ता असुली हुन नसकेको कारण र कर्जाको गुणस्तर कमजोर भएको अवस्थामा नाफा घटेर वासालातमा आउन सक्ने संकुचनले गर्दा कर्जा प्रवाह गर्न सक्ने क्षमतामा कमी आउन सक्ने देखिन्छ । त्यसैगरी मानिसको क्रयशक्तिमा आएको ह्रासको कारण बस्तु तथा सेवाको मागमा कमी आउने निश्चित प्राय छ । यसको कारण उत्पादनमा कटौती गर्नपर्ने अवस्था आउन सक्दछ, फलस्वरुप उत्पादन मूल्यमा बृद्धि हुदा मागमा कमी आई उद्योग क्षेत्रमा थप प्रभाब पार्न सक्दछ । जसको सोझो असर बैंकिङ ब्याबसायमा पर्दछ ।
रुग्ण उद्योग तथा ब्यबसायलाई उकास्न पनि थप लगानीको आवश्यक्ता पर्ने हुदा थप श्रोत जुटाउनु पर्ने चुनौति पनि त्यतिकै छ । नाफामा आउने संकुचनले गर्दा शेयर धनीलाइ उचित प्रतिफल दिन नसक्दा त्यस क्षेत्रको आक्रोश त्यतिनै रहन जाने हुन्छ भने थप पुजीको श्रोत जुटाउने बाटोमा पनि तगारो लाग्न सक्ने देखिन्छ ।
अन्त्यमा
यो महामारीबाट सबै जसो क्षेत्र प्रभावित छ । समस्यानै समाधानको जननी हो यसलाइ मध्य नजर गरी अत्तालिनु पर्ने अबस्था होइन । यसबाट नयाँ नयाँ क्षेत्रहरु पहिचान गरि गन्तब्यतिर लम्किनुनै अबको आबस्यक्ता हो । त्यस किसिमको नयाँ आशा लाग्दो दिशा नेपालको बैंकिङ क्षेत्रलाइ ब्यबसायिक कृषि तथा कृषि पर्यटन नै हो । यहांको करिब ८० प्रतिशत भुभागको महत्व बुझ्ने बेला पनि यहि नै हो जस्तो लाग्दछ ।