बुटवल, ५ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ मणिग्राम स्थित क्रिमसन अस्पताल शिल गरिएको छ । अस्पतालमा उपचाररत एक पुरुषमा कोराना सक्रमण पुष्टि भएपछि अस्पताल पुरै शिल गरिएको छ ।
गुल्मीको मदाने गाउँपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल पुर्णरुपमा शिल गरिएको हो । उनको भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो ।
अस्पताल शिल गरिएपछि कसैलाई पनि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन । कोरोना पुष्टि भएका बिरामीलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भैरहेको छ ।
उनी यही जेठ १ गते जण्डिस रोगको उपचारकालागि गुल्मीबाट बुटवल आएका थिए,। उनको क्रिमसन अस्पताल मणिग्राममा भेण्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।