Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको राहत कोषमा ३ लाख ५७ हजार प्रदान
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको राहत कोषमा ३ लाख ५७ हजार प्रदान

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७७ · 0
तिलोत्तमाको राहत कोषमा ३ लाख ५७ हजार प्रदान
80
SHARES
ShareTweet


तिलोत्तमा, ५ जेठ
तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा तीन वटा संस्थाले सोमबार ३ लाख ५७ हजार रुपैंयाँ सहयोग गरेका गरेका छन् । करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणाली र सोह्र—छत्तीस संयुक्त सिंचाई प्रणालीको तर्फबाट कोषमा रकम प्रदान गरिएको हो ।
खानेपानी संस्था र संयुक्त सिंचाई प्रणालीको तर्फबाट दुवै संस्थाका अध्यक्ष यज्ञ गैरे तथा छत्तीस मौंजाको तर्फबाट अध्यक्ष कृष्ण पौडेलले नगर प्रमुख बासुदेव घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । खानेपानीले १ लाख ५१ हजार, छत्तीस मौंजा सिंचाईले १ लाख ५ हजार तथा संयुक्तले १ लाख १ हजार सहयोग गरेका हुन् ।


त्यसअवसरमा नगर प्रमुख घिमिरेले कोषमा हालसम्म संकलन र खर्च भएको रकमको बारेमा जानकारी गराउँदै प्राप्त रकमलाई कोरोना महामारी रोकथाममा खर्च गरिने बताउनुभयो । उहाँका अनुसार कोषमा हालसम्म झण्डै एक करोड रकम संकलन भएकोमा राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन सेन्टर स्थापनालगायतका कोरोना महामारी रोकथाम पूर्वतयारीको काममा ९० लाख खर्च भैसकेको छ ।
हालसम्म नगरपालिकाले कोरोना महामारी रोकथामको लागि आफ्नो कोषको रकम खर्च गर्नु नपरेको बताउँदै नगर प्रमुख घिमिरेले राहत कोषमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिनुभयो । कोरोना महामारी रोकथाम तथा उपचारको लागि अग्रपंक्तिमा रहेर काम गर्नेहरुको मनोबल उच्च पारिनुपर्ने बताउँदै उहाँले लकडाउन सम्बन्धी नगरपालिकाको सूचनालाई पूर्णपालना गर्न सबै नगरबासीलाई आग्रह गर्नुभयो ।
खानेपानी र संयुक्त सिंचाईका अध्यक्ष यज्ञ गैरेले नेपालमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले सामाजिक उत्तरदायित्व ठानेर संस्था आर्थिक रुपमा बजबुद नरहँदा नरहँदै पनि नगरपालिकाको कोषमा सहयोग गरिएको स्पष्ट पार्नुभयो । कोरोना रोकथाम तथा त्यसका असर न्यूनीकरणको लागि नगरपालिकाले गरेका र अघि सारेका कामहरु निकै प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले नगरपालिकाले ल्याउने हरेक योजनामा सहकार्य गर्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगरपालिका, तीन वटै संस्थाका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

≪ Previous Post

गैडहवा कृषि फर्मका संचालक गुप्ताद्वारा क्वारेन्टाइनमा तरकारी सहयोग

Next Post ≫

रोहिणी गाउँपालिकाको क्वारेन्टाईनमा खाना बनाउने भागे पछि अध्यक्ष खाना पकाउदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क