Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणी गाउँपालिकाको क्वारेन्टाईनमा खाना बनाउने भागे पछि अध्यक्ष खाना पकाउदै
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकाको क्वारेन्टाईनमा खाना बनाउने भागे पछि अध्यक्ष खाना पकाउदै

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७७ · 0
रोहिणी गाउँपालिकाको क्वारेन्टाईनमा खाना बनाउने भागे पछि अध्यक्ष खाना पकाउदै
100
SHARES
ShareTweet


भैरहवा ५ जेठ
क्वारेन्टाईनमा रहेकाहरुको खानपिनको ब्यवस्थापनमा राखिएका कामदार भागे पछि रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव क्वारेन्टाईनमा बस्नहरुका लागि आफै खाना पकाएका खुवाउन थालेका छन् ।
तत्कालको लागी केही ब्यवस्था नभए पछि गाउँपालिका अध्यक्ष, रोहिणी गाउँपालिकाका जनप्रतिनिधि र धकधईका स्थानिय समाजसेवी मिलेर क्वारेन्टाईनमा बस्नेहरुका लागी खाना पकाएका हुन् ।
रोहिणी गाउँपालिकाको धकधईमा रहेको रामनरेश माध्यमिक बिद्यालयमा रहेका ६० जनाको लागी खाना पकाउन कामदार नै राखिएको थियो । तर क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको माग अनुसार खाना कामदारहरुले बनाउन नसके पछि उनिहरु रिसाएर आईतबार राती नै फर्किएका थिए ।
क्वारेन्टाईनमा बस्नेहरुले दैनिक रुपमा आफ्नो रुचि अनुसारको भोजन खाना पाउनु पर्ने माग राख्दै आएका थिए । सामुहिक मेसको रुपमा खाना खुवाईदै आए पनि क्वारेन्टाईनमा बस्नेहरुको धेरै थरि कुरा आए पछि कामदारहरु रिसाएर भागेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो ।
आईतबार नै कामदार भागे पछि क्वोन्टाईनमा रहेकालाई खाना खुवाउनेको समस्या देखिएको उहाँको भनाई रहेको छ ।
उनिहरुलाई खाना खुवाउन आफै खाना बनाउन अघि सरेका गाउँपालिका अध्यक्षलाई गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे, धकधईका अगुवा बिद्या यादव र जुद्ध बहादुर चौधरीले साथ दिएका छन । गाउँपालिकाका कार्यालय सहयोगी गंगा लोनियालाई मुख्य भान्से बनाई यो टोलीले क्वारेन्टाईमा रहेका ६० जनाको लागी मासु भात पकाएर खुवाएको छ ।
उहाँले क्वारेन्टाईनमा बस्नेहरुले पनि अहिले महामारीको समयमा भने अनुसारको कसैले पनि गर्न नसक्ने भन्ने बुझ्न जरुरी रहेको बताउनु भयो । “यस्तो अवस्थामा सबै थोक पु¥याउन सकिदैन त्यो बुझ्न आवश्यक छ” ।
तत्कालको लागी आफैले खाना पकाएर खुवाए पनि सधै त्यो सम्भव नरहेकोले त्यसको ब्यवस्थापन गर्न लागेको उहाँले बताउनु भयो ।
सामान्यतया क्वारेन्टाईनमा बस्नेलाई भने पछि खाना पकाउने कामदारहरु नमानेको गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डेले बताउनु भयोे । अहिले ब्यवस्थापन नहुदा सम्म २ नम्बर वडाका कार्यालय सहयोगी गंगा लोनियाले नै खाना पकाउने जिम्मा दिईएको छ । कामदारको ब्यवस्था भए पनि लोनियाकै रेखदेखमा खानाको ब्यवस्थापन गरिने पाण्डेले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमाको राहत कोषमा ३ लाख ५७ हजार प्रदान

Next Post ≫

६० जना इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क