Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७७ · 0
२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो
90
SHARES
ShareTweet

बुटवल, ३१ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मंगलबार एकै दिन ८३ जनामा कोरोना पुष्टि भएकोमा बुधबार २६ जनामा कोरोना पुष्टि भएको छ ।
बुधबार दिउँसो कपिलबस्तु र बाँकेमा एक एक जना गरी दुई जनामा कोरोना पुष्टि भएकोमा साँझ थप २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साँझ कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीका छन् । उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र ५ नं. प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा आरडीटी परीक्षण गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले सांझ जारी गरेको सूचना अनुसार नयाँ संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १० र २८ वर्षीय महिला छन् । त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन् । यस्तै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासीका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । सह प्रवक्ता अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

≪ Previous Post

दशगजामा रोकिएका ७० बढी नेपाली नवलपरासी भित्रिए

Next Post ≫

कपिलवस्तुमा चार जना सुरक्षाकर्मी कोरोना संक्रमित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क