नवलपरासी, २८ बैशाख । पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । प्रतापपुर गाउँपालिका ५ बसहिया स्थित प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका ६ बस्ने २८ बर्षीय विजय चौधरी र २५ बर्षीय सुनिल चौधरी रहेका छन् ।
उनीहरुको साथबाट ओनेरेक्स सिरप १ सय एमएलको ४ बोतल, नाइटोभेट ७५ पिस र स्पास्मो ८ क्याप्सुलका ५४ थान बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुसँगै संलग्न अन्य फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनु भयो ।
