Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सीमामा अलपत्र नेपालीको उद्धार गर्न मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सीमामा अलपत्र नेपालीको उद्धार गर्न मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · २८ बैशाख २०७७ · 0
सीमामा अलपत्र नेपालीको उद्धार गर्न मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र
80
SHARES
ShareTweet


बुटवल२८ बैशाख
नेपाल–भारत सीमा क्षेत्र अलपत्र परेका नेपालीलाई अविलम्ब स्वदेश ल्याउन कांग्रेस सांसदले माग गर्नु भएको छ् । रुपन्देहीको क्षेत्र नंं ५ (ख) बाट निर्वाचित सांसद फखरुद्दिन खाँनले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउंदै भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेको उल्लेख गर्दै उनीहरुलाई तत्काल स्वदेश ल्याउन माग गर्नु भएको छ् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको असरले भारतका विभिन्न राज्यमा रोजगारी गरिरहेका नेपालीहरु रोजगारी गुमेपछि र ती राज्यले प्रत्यक्ष अप्रत्यक्षरुपमा नेपाल फर्कन दवाव दिएकाले ढिला नगरी नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सांसद खानले माग गर्नु भएको हो् ।
दशगजामा आइपुगेर एक हप्तादेखि जोखिमपूर्ण ढंगले बस्न वाध्य नेपालीहरुलाई स्वदेश ल्याउनुको विकल्प नभएकाले ढिला नगर्न उहाँले सरकारसंग आग्रह गर्नु भएको छ् ।
सरकारले सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउन ढिला गर्दा कतिपयले सुरक्षाकर्मीलाई रकम बुझाएर रातको समयमा लुकिछिपी खुला सीमाको फाइदा उठाउंदै नेपाल प्रवेश गर्ने गरेकाले कोरोना संक्रमण फैलिनसक्ने सांसद खानले औंल्याउनु भएको छ् । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई अबिलम्ब नेपाल भित्राई सबैलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गर्न र बेरोजगारलाई स्वदेशमै रोजगारी दिन अब बन्ने नीति तथा कार्यक्रम र वजेटमा व्यवस्था गर्न पनि सांसद खानले प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको हो् । रुपन्देहीको सीमा नाकामा नेपाल आउनका लागि १४ सय नेपाली रहेका छन ।

≪ Previous Post

नगरपालिकालाई ५१ हजार प्रदान

Next Post ≫

सहज वातावरण नभएसम्म ग्रील उद्योग नखोल्ने निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क