Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देवः बिकास बैंकद्वारा मानव सेवा आश्रममा खाद्यान्न सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवः बिकास बैंकद्वारा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७७ · 0
देवः बिकास बैंकद्वारा मानव सेवा आश्रममा खाद्यान्न सहयोग
80
SHARES
ShareTweet

हरिश ढकाल



बुटवल, २७ बैशाख । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ सुख्खानगरस्थित मानव सेवा आश्रमलाई देवः बिकास बैंकले १ लाख रकम बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको छ । बैंकको बुटवल शाखा कार्यालयका प्रबन्धक राजन अधिकारीले उक्त राहत सामाग्री आश्रमका राष्ट्रिय महासचिव शुसिला केसी (रुपा), कार्यक्रम संयोजक सरु अधिकारी र अभिभावक राजन सापकोटा लगायतलाई हस्तान्तरण गर्नुभयो ।
राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका प्रबन्धक अधिकारीले देवः बिकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा मानव सेवा आश्रममा आश्रितहरुलाई राहत पुगोस भन्ने उद्देश्यले १ लाख रकम बराबरको खाद्यान्न लगायतका सामाग्री प्रदान गरिएको बताउनु भयो । आश्रमका राष्ट्रिय महासचिव शुसिला केसी रुपाले सहयोगापेक्षी बेसहारा मानवका लागि बैंकले प्रदान गरेको सहयोगको उच्च प्रसंशा गर्दै सबैको सहयोगले मानव सेवाको नमुना कार्य भएको उल्लेख गर्नु भयो ।


सो अवसरमा आश्रमका संयोजक सरु अधिकारी, अभिभावक राजन सापकोटा, दुर्गा पाण्डे, बैंकका कर्मचारीहरु संध्या रावल, रसुदा श्रेष्ठ लगाएतले मानव सेवा नै सबैभन्दा ठुलो कल्याण कार्य भएको चर्चा गर्दै बुटवललाई बेसहारा र सडक मानवमुक्त बनाउने सवालमा सरकार, स्थानीय संघसंस्था र बिभिन्न निकायहरुको भूमिका महत्वपुर्ण भएको बताउनु भयो ।
यसअघि पनि सो बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आश्रमलाई ३ लाख रकम बराबरको भौतिक सामाग्री प्रदान गरेको बैंकका कार्यकारी निर्देशक बिजयबहादुर श्रेष्ठले बताउनु भयो । ब्यबसायिक उद्देश्य राखेको बैंकले आफ्नो नाफा रकम मध्येबाट सहयोगापेक्षी मानवहरुलाई आर्थिक भौतिक लगायतका सहयोग गर्दै आईरहेको र भविश्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता श्रेष्ठले ब्यक्त गर्नुभयो ।

≪ Previous Post

शँकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण

Next Post ≫

कञ्चनमा रोकिएन काठ तस्करी ,३ वटा मोटरसाइकल सहित काठ बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क