Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २५६४ औँ बुद्ध जयन्ती : लुम्विनीमा पुजापाठ र दीप प्रज्वलन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२५६४ औँ बुद्ध जयन्ती : लुम्विनीमा पुजापाठ र दीप प्रज्वलन

संसारपोस्ट संवाददाता · २५ बैशाख २०७७ · 0
२५६४ औँ बुद्ध जयन्ती : लुम्विनीमा पुजापाठ र दीप प्रज्वलन
100
SHARES
ShareTweet


लुम्विनी, २५ बैशाख । आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औँ बुद्ध जयन्ती । तर यस वर्ष विगतका वर्षमा जस्तो लुम्विनीमा कुनै कार्यक्रम गरिएन । कोरोना भाइरसका कारण २५६४ औं बुद्धजयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक कार्यक्रम स्थगित गरिएको हो ।
नेपाल सरकारबाट कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशन अनुसार २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका सबै औपचारिक कार्यक्रम स्थगित गरिएको लुम्विनी विकाष कोषले जनाएको छ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूर्णिमाको दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापुर्वक मनाउने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।
हरेक वर्ष बुद्ध जयन्तीका दिन बुद्ध जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, पूजापाठ र प्रार्थन लगायतका औपचारिक कार्यक्रमहरु हुने गरेपनि आज लुम्बिनीमा दर्शनार्थी र आगन्तुकको कुनै चहलपहल र रौनक देखिएन ।
बुद्ध जयन्तीका अवसरमा बुद्धको पवित्र जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा आज (बिहीबार) बिहान सामाजिक दुरी कायम गरी बौद्ध भिक्षु–भिक्षुणी, लामा तथा गुरु–गुरुआमाहरुबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो ।
आजै सांझ सिमित ब्यक्तिको उपस्थितिमा पूजापाठसहित २५ सय ६४ वटा दीप प्रज्वलन गरिएको थियो ।

≪ Previous Post

कपिलबस्तुका दुई जनामा कोरोना

Next Post ≫

लकडाउन र सीमा वन्द : तस्करी भने रोकिएन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क