कपिलवस्तु, २५ बैशाख । प्रदेश ५ को कपिलबस्तु जिल्लामा पनि कोरोना संक्रमित देखिएका छन् । प्रदेश ५ का बांके, रुपन्देहीको मर्चवार पछि कपिलबस्तुका २ जनामा कोरोना सँक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयल जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार कपिलबस्तुका १६ र २२ बर्ष उमेरका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना सँक्रमितको संख्या १०१ पुगेको छ भने २२ जना उपचार पछि निको भएका छन् ।
