Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २०७६ कै पाठ्यपुस्तकलाई निरन्तरता दिन तिलोत्तमाका विद्यालयलाई निर्देशन
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२०७६ कै पाठ्यपुस्तकलाई निरन्तरता दिन तिलोत्तमाका विद्यालयलाई निर्देशन

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७७ · 0
२०७६ कै पाठ्यपुस्तकलाई निरन्तरता दिन तिलोत्तमाका विद्यालयलाई निर्देशन
80
SHARES
ShareTweet


तिलोत्तमा, २४ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक सत्र २०७६ का पाठ्यपुस्तकलाई नैं नयाँ शैक्षिक सत्रमा लागू गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । बुधबार बसेको नगर शिक्षा समितिको बैठकले हरेक वर्ष पाठ्यपुस्तक फेर्दा अभिभावकलाई आर्थिक व्ययभार बढ्ने भन्दै शैक्षिक सत्र २०७६ मा लागू गरिएका पाठ्यपुस्तकलाई नै शैक्षिक सत्र २०७७ मा निरन्तरता दिने निर्णय गरेको हो ।
कोरोना संक्रमणको कारण उत्पन्न आर्थिक संकट समेतलाई मध्यनजर राखी विद्यालय पाठ्यपुस्तकको सन्दर्भमा यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो । विद्यालयहरुले नतिजा प्रकाशनसँगै नयाँ शैक्षिक सत्रमा लागू हुने पाठ्यपुस्तकको सूची विद्यार्थी, अभिभावक तथा पुस्तक बिक्रेतालाई दिने गर्दछन् ।
शिक्षा समितिको बैठकले २०७६ सालको कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा जेठ २ गते डिजिटल प्रविधि अथवा टेलिफोनको माध्यमबाट विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराउने निर्णय पनि गरेको छ । तर विद्यार्थी भर्ना तथा पठनपाठन सम्बन्धी कार्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनाअनुसार अर्को निर्णय नहुँदासम्म नहुने नगरपालिकाले स्पष्ट पारेको छ ।
यस्तै नगरपालिकाले विद्यार्थी भर्ना तथा अनलाईन पठनपाठनको नाममा कुनै पनि प्रकारको शुल्क नलिन विद्यालयहरुलाई सचेत गराएको छ । लकडाउन लम्बिरहँदा कतिपय विद्यालयहरुले अनलाइन कक्षाहरु सञ्चालन गरेका छन् ।
नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा अर्थात् कक्षा ८ को वार्षिक परीक्षाको नतिजा नगरपालिकाको वेवसाइडमा जेठ १ गते प्रकाशित गरिने र विद्यार्थीकोे सिम्बोल नम्बर तथा जन्म मिति टाईप गरी हेर्न सकिने शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

≪ Previous Post

नवलपरासीमा जँगली च्याउ खाँदा एकै दिन १६ जना विरामी

Next Post ≫

प्रदेश गौरवका आयोजना सुचारू गर्न मन्त्रालयलाई निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क