Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना परीक्षणको दायरा बढाउन विपक्षी दलका नेता कनौडियाको माग
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना परीक्षणको दायरा बढाउन विपक्षी दलका नेता कनौडियाको माग

संसारपोस्ट संवाददाता · २३ बैशाख २०७७ · 0
कोरोना परीक्षणको दायरा बढाउन  विपक्षी दलका नेता कनौडियाको माग
100
SHARES
ShareTweet


बुटवल,२३ बैशाख
प्रदेश ५को प्रदेश सभाका प्रमुख विपक्षी दलका कार्यवाहक नेता विरेन्द्र कनौडियाले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसंग माग गर्नु भएका छ् । नेता कनौडियाले मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई छुट्टाछुट्टै टेलिफोन सम्पर्क गरी बांँकेमा कोरोना संक्रमितको संख्या धमाधम बढेकाले परीक्षणको दायरा बढाउन माग गर्नु भएको हो् । नेता कनौडियाले प्रयोगशालाहरुमा कोरोना परीक्षण गर्ने किटको अभाव हुन नदिन पर्याप्त मात्रामा किट उपलब्ध गराउन,भारतीय सिमा क्षेत्रमा कडाई गरी कसैलाई पनि नेपाल प्रवेश गर्न नदिन पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ् ।
यस्तै कोरोना परीक्षण गर्दा कुनै जाति र समुदायलाई मात्रै लक्षित गर्दा सामाजिक सद्भाव खल्बलिन सक्ने भएकाले त्यस्तो हुन नदिन सरकार सजग हुनुपर्ने पनि नेता कनौडियाले सरकारलाई सुझाव दिनु भएको छ । मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसंगको कुराकानीमा नेता कनौडियाले कोरोना संक्रमण रोकथामका लागि प्रमुख विपक्षी दल कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको जानकारी गराउनु भएको छ् ।
संक्रमण नफैलिने गरी लकडाउनलाई खुकुलो बनाउनेतर्फ योजना बनाउन पनि नेता कनौडियाले सरकारलाई सुझाव दिनु भएको छ ।
आफूसंगको कुराकानीमा मन्त्री बरालले बांकेमा मात्रै तीन सय जनाको स्याम्पल संकलन गरी परीक्षण गर्न लागिएको जानकारी गराएको नेता कनौडियाले बताउनु भयो ।

≪ Previous Post

परपुरुष र परस्त्रीद्वारा रुपन्देहीमा एउटै रुखमा झुण्डिएर आत्महत्या

Next Post ≫

बाणगंगा नगरपालिका –८ को मुस्लिम र दलित बस्तीमा राहत वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क