Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बाणगंगा नगरपालिका –८ को मुस्लिम र दलित बस्तीमा राहत वितरण
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाणगंगा नगरपालिका –८ को मुस्लिम र दलित बस्तीमा राहत वितरण

संसारपोस्ट संवाददाता · २३ बैशाख २०७७ · 0
बाणगंगा नगरपालिका –८ को मुस्लिम र दलित बस्तीमा राहत वितरण
100
SHARES
ShareTweet

कमल चौधरी



कपिलबस्तु, २३ बैशाख । बाणगंगा नगरपालिका –८ बोर्डगाउँ सिसेनीको मुस्लिम र दलित बस्तीमा मंगलबार राहत वितरण गरिएको छ । लामो समयदेखि जारी लकडाउनको कारण दैनिक मजदुरी गर्न नपाएका विपन्न मुस्लिम तथा दलित बस्तीका ४० घर परिवारलाई राहत स्वरुप दाल, चामल, तेल प्रदान गरिएको हो ।
कोरोना भाईरस (कोविड–१९) ले देश अहिले लकडाउन अवस्थामा छ । लक डाउनको कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवारले निकै दुःख ब्यहोर्नु परेको छ । यही लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोर्नै समस्या भइरहेको अवस्थामा विभिन्न संघ संस्थाहरुको सह–कार्यमा खाद्यान्न संकलन गरेर विपन्न परिवारलाई राहत प्रदान गरेको बाणगंगा नगरपालिका– ८ का वडा अध्यक्ष गुणनिधी भुसालले बताउनुभयो । उहाँले वडाले विभिन्न गाउँ–गाउँमा गरिब, मजदुर र उत्पीडित परिवारहरुलाई राहत वितरण गर्दै आएको र विभिन्न संघ संस्थाको सहकार्यमा पनि राहत वितरण कार्यलाई अगाडी बढाएको जानकारी दिनुभयो ।
त्यस्तै राहत वितरण गर्न पुगेका समाजसेवी तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका पूर्व अध्यक्ष रविराज आचार्यले मानवीय सेवा गर्नु सवै नागरिकहरुको दायित्व रहेको बताउनुभयो । उहाँले विपद्को समयमा सवै नागरिकहरुले आ–आफ्नो ठाउँबाट गरिब, मजदुर परिवारलाई सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । अधिवक्ता समेत रहेका आचार्यले आफुले समय समयमा विपन्न परिवारहरुलाई सहयोग गर्दै आएको बताउँदै अवश्यकता अनुसार जुनसुकै समयमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
राहत लिन आएका ईश्लम बक्सले आफु राहत पाउँदा धेरै खुसी भएको प्रतिक्रिया दिनुभयो । उहांले भन्नुभयो –‘खानाको लागि समस्या भैरहेको समयमा राहतले धेरै सहयोग मिलेको छ । दुःखको समयमा गरिबलाई सहयोग गर्नेहरु प्रति हामी धेरै खुसी छौं ।’


त्यस्तै राहत वितरण कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले गरिब दुःखी परिवारलाई सधै सहयोग गर्ने र गर्दै आएको बताउनुभयो ।
त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले यस संस्थाले लकडाउन समयमा धेरै गरिब उत्पीडित परिवारलाई उद्दार गरेको बताउनुभयो । उहाँले संस्था निरन्तर सामाजिक कार्यमा लागिरहेको भन्दै दुःख पाएका र पैदल यात्रा गरेर घर जाने कामदारहरुको उद्धार गर्नुको साथै पैदल यात्रीहरुलाई खाजाको व्यवस्था समेत गरेको बताउनुभयो ।
राहत वितरण कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमकान्त घिमिरे, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका प्रतिनिधि दिवस घिमिरे, समाजसेवी चेतनारायण भण्डारी, गिरिराज पौडेल लगायतले यस्तो अवस्थामा सवै मिलेर दुखी गरिवको सेवा गर्नुपर्ने वताउनु भयो ।

≪ Previous Post

कोरोना परीक्षणको दायरा बढाउन विपक्षी दलका नेता कनौडियाको माग

Next Post ≫

कोरोना उपचारका लागि सेना र प्रहरीको अस्पताल प्रयोग गर्ने निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क