Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ बाढीपहिरोमा परि मृत्युहुनेको संख्या २१ पुग्यो, १० जना बेपत्ता प्रभावितहरुको उद्धारमा खटिन पार्टीपंक्तिलाई कांग्रेसको निर्देनशन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाढीपहिरोमा परि मृत्युहुनेको संख्या २१ पुग्यो, १० जना बेपत्ता प्रभावितहरुको उद्धारमा खटिन पार्टीपंक्तिलाई कांग्रेसको निर्देनशन

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0
बाढीपहिरोमा परि मृत्युहुनेको संख्या २१ पुग्यो, १० जना बेपत्ता  प्रभावितहरुको उद्धारमा खटिन पार्टीपंक्तिलाई कांग्रेसको निर्देनशन
160
SHARES
ShareTweet


काठमाडौ, २८ असार । लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । विहीवार साँझ देखि परेको लगातारको बर्षासंगै आएको वाढि र पहिरोमा परेर शनिवार विहानसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ । वाढि पहिरोमा परेर १० जना घाईते भएका छन् भने १० जना वेपत्ता भएका छन् ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार विहीवारदेखिको बर्षाका कारण आएको बाढी र पहिरोमा परी २१ जनाको मृत्यु भएको हो । विभिन्न ठाउँबाट अलपत्र परेका ५० जनाको उद्धार गरिएको छ । वर्षाबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयबाट सम्पूर्ण जनशक्ति, स्रोत साधन परिचालन गरि उद्दार कार्य जारी रहेका छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परेर सबैभन्दा बढी खोटाङ र काठमाडौंमा ३÷३ जनाले ज्यान गुमाएका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।
बाढीपहिरोबाट सबैभन्दा बढी काभे्र, रामेछाप, भोजपुर, ललितपुर, काठमाण्डौ, पर्सा, मकवानपुर, धादिङ्ग, सिन्धुली, खोटाङ्ग लगायत देशभरका विभिन्न स्थान प्रभावित भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पाँचथर, झापा, मोरङ, सुनसरी, रौतहट, महोत्तरी, मकवानपुर, धादिङ, काठमाडौंमा गरी १० जना बेपत्ता भएका छन् । यस्तै सुनसरीमा २ जना वेपत्ता छन् ।
यसैबिच मौसम तथा जल पूर्वानुमान महाशाखाले शनिवार पनि दिनभर बर्षा भइरहने जनाएको छ । मौसमबीद समिर श्रेष्ठले शनिवार र आईतवार बर्षा भई पर्सी केही कम हुने जानकारी दिदै बर्षाका समयमा बिशेष सर्तकता अपनाउन समेत सबैलाई आग्रह गर्नु भएको छ ।

यसैविच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबान प्रभावितहरुको उद्धारमा खटिन पार्टीपंक्तिलाई निर्देनशन दिएको छ ।
नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यमसमिति बैठकले मुलुकभरमा कतिपय नागरिकको घरखेत नष्ट भएको, विभिन्न स्थानमा मूख्य राजमार्ग अवरोध भएको, आम जनजीवन अस्तव्यस्त भएको तथा कैयौं नागरिकको जीउधन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिलाई ध्यानमा राखी आवश्यक उद्धारका कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन जारी गरेको हो ।
अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा नागरिकको मृत्यु भएकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गम्भीर दुःख व्यक्त गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “ज्यान गुमाउनु हुने दिनीबहिनी–दाजुभाइको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।“

≪ Previous Post

लुम्बिनी मेडिकल कलेजबाट चोरीएको नवजात शिशु र महिला मिर्मिमा पक्राउ

Next Post ≫

चिनियाँ प्रोफेसरको टोलीद्वारा नेपालको सरकार संचालनका विषयमा जिज्ञासा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क