Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ चिनियाँ प्रोफेसरको टोलीद्वारा नेपालको सरकार संचालनका विषयमा जिज्ञासा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चिनियाँ प्रोफेसरको टोलीद्वारा नेपालको सरकार संचालनका विषयमा जिज्ञासा

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0
चिनियाँ प्रोफेसरको टोलीद्वारा नेपालको सरकार संचालनका विषयमा जिज्ञासा
80
SHARES
ShareTweet

बुटवल, २८ असार
चिनिया प्रोफेसरको टोलीले बुटवलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटीसँग भेट गरी कम्युनिष्ट आन्दोलन र सरकार सञ्चालनका विषयमा छलफल गरेको छ ।
नेकपा बुटवल उपमहानगर कमिटीले शनिवार आयोजना गरेको छलफलमा सरकार र पार्टीको अन्तरसम्बन्ध, स्थानीय, प्रदेश र केन्द्रीय कमिटीको सम्बन्ध, दुवै देशले एक अर्काबाट सिक्नुपर्ने विभिन्न विषयहरुका बारेमा छलफल गरिएको थियो । छलफलमा हेवेई युनिभर्सिटीका प्रोफेसर जहाविन, युनान युनिभर्सिटीका प्रोफेसर यूआन कुनलगायत चारजनाको टोली सहभागी थियो ।
कार्यक्रममा हेवई युनिभर्सिटीका प्रोफेसर जहाङ सुविनले चीनमा पार्टीले सरकार सञ्चालन गर्ने र हरेक स्थानीय कमिटीहरु जनता र पार्टीप्रति जवाफदेही हुने भन्दै आफूहरु नेपालका कम्युनिष्ट पार्टीको इतिहास, यसको भूमिका, पार्टी र सरकार सञ्चालनको रणनीति, कम्युनिष्ट पार्टीका सैद्धान्तिक र व्यावहारिक पक्षबारे अध्ययन गर्न आएको बताउनु भयो ।
युनान युनिभर्सिटीका प्रोफेसर यूआन कुनले नेपालमा चिनिया भाषा संस्कृतिको समेत अध्ययन अध्यापन हुने गरेको भन्दै यसले दुई देशबीचको संस्कृति आदानप्रदानमा समेत महत्वपूर्ण टेवा पु¥याएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा संविधानसभा सदस्य एवं नेकपाका नेता नेत्र पन्थीले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, कम्युनिष्ट आन्दोलन, पार्टीको कार्यदिशा, सरकार सञ्चालनमा पार्टीको भूमिका लगायत सैद्धान्तिक र व्यावहारिक पक्षबारे जानकारी गराउनु भएको थियो ।
उहांले नेपाली कम्युनिष्ट आन्दोलन जनवादी क्रान्ति पूरा गर्ने दिशामा अघि बढिरहेको भन्दै दुई देशबीचको सम्बन्ध आदानप्रदानले कम्युनिष्ट आन्दोलनलाई निष्कर्षमा पु¥याउन थप सहयोग पुग्ने बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख एवं नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बुद्ध जन्मस्थल लुम्बिनीको बुटवलमा चिनिया प्रोफेसरसँगको छलफलले आपसी सम्बन्ध सुद्धृढ गर्न थप बल पुगेको भन्दै नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको अवस्थाबारे गहन अध्ययन गर्न सुझाव दिनु भयो ।
नेकपा बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले चिनियाँ प्रोफेसरहरुसँगको भेटले दुवै देशको विश्वविद्यालय तहको अनुभव आदानप्रदानमा समेत सहयोग पुगेको बताउनु भयो ।

≪ Previous Post

बाढीपहिरोमा परि मृत्युहुनेको संख्या २१ पुग्यो, १० जना बेपत्ता प्रभावितहरुको उद्धारमा खटिन पार्टीपंक्तिलाई कांग्रेसको निर्देनशन

Next Post ≫

वाढी पहिरोमा परि २८ जनाको मृत्यु ,अरबौको क्षती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क