बुटवल, २८ असार
पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु चोरेर फरार भएकी महिलालाइ प्रहरीले शिशुसहित नियन्त्रणमा लिएको जनाएको छ ।
तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याईएको छ । नवजात शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।