Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लक डाउन : कोरोना (कोविड–१९) र जनजिवन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लक डाउन : कोरोना (कोविड–१९) र जनजिवन

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७७ · 0
लक डाउन : कोरोना (कोविड–१९) र जनजिवन
70
SHARES
ShareTweet

कमल चौधरी



पहिलो पटक लकडाउनलाई नजिकबाट बुझ्ने मौका पाएं । मलाई लाग्छ म मात्र नभएर सारा विश्वले नै यस पटकको लकडाउन राम्रो संग बुझेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को कारणले आज विश्व नै लकडाउनको स्थितिबाट गुज्रिरहेको छ ।
यस महामारीबाट निदान पाउन केवल एक मात्रै अचुक उपाय लकडाउन नै सावित भइरहेको छ । कोरोना भाइरस (कोविड–१९) एक मानिसबाट अर्को मानिसमा सर्ने भएकोले यस किसिमको श्रृंखलालाई तोड्न लकडाउनले राम्रो काम गरिरहेको छ । मानव समुदायलाई सुरक्षित गर्न लकडाउन र सामाजिक दुरी कायम गर्नु नै उत्तम विकल्प हो ।
यद्यपि यस लकडाउन अवधि पटक–पटक लम्बिएको कारण दैनिक मजदुरी गरेर खाने विपन्न गरिब, श्रमिक, किसान बर्गले भने ठुलो समस्या झेल्नुपरेको छ । यो समस्यालाई हल गर्ने ठुलो चुनौती हुँदाहुँदै पनि राज्यले गम्भीरताका साथ अगाडी बढ्न सकिरहेको छैन । आज नेपालमा लकडाउन भएको ३८ दिन पुरा भैसक्दा समेत श्रमिक बर्ग, किसानका पीडाहरुलाई न त स्थानीय सरकार न त राज्यले नै राम्रोसंग सम्बोधन गर्न सकिरहेको छ ।

संकटको समयमा राज्यको भूमिका



श्रमिकहरु सयौं किलोमिटर पैदल यात्रा गर्न बाध्य छन् । अझै पैदल यात्रा गर्ने क्रम रोकिएको छैन । गरिब दीनः दुखिहरुलाई दुई छाक खानाको जोहो गर्न निकै समस्या भैरहेको छ । विक्री गर्न तयार भएका किसानका तरकारीहरुले बजार पाउन सकेको छैन । यस्तो संकटको समयमा राज्यले विशेष भूमिका खेल्नु पर्ने हो । जुन हुन सकेको छैन । लकडाउनको कारण ईट्टा उद्योगमा काम गर्ने कामदारहरुलाई पनि निकै समस्या भैरहेको छ । उनीहरुलाई खाद्यान्नको अभावले सताई रहेको छ । लक डाउन लम्बिदै जाँदा ईट्टा उद्योगमा काम गर्ने मजदुरहरु पनि धेरै समस्यामा परेका छन् । भारत र नेपालका विभिन्न जिल्लाबाट कपिलबस्तु लगायत विभिन्न जिल्लामा संचालित ईट्टा उद्योगमा काम गर्न आएका कामदारहरुलाई घर फर्किन समस्या भएको बर्दगोरिया–५ कैलालीका तिलक कठरियले बताए । उनले भने–‘हामी श्रमिकहरुलाई न घर फर्किन सहज बातावरण तयार भएको छ, न राम्रो संग काम गर्ने वातावरण बनेको छ । खाद्यान्न को अभावले दिनहुँ चिन्तित बनाएको छ । सरकारी निकायबाट कुनै किसिमको राहत पाउन सकेका छ्रैनौं ।’ उनले श्रमिक र कामदारको क्षेत्रमा काम गर्ने बेटर व्रिक नेपाल परियोजना र स्थानीय संस्था घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाको सहकार्य मार्फत शुद्धोधन गाउँपलिका १ शोसा कपिलबस्तु स्थित संमृद्धि ईट्टा उद्योगमा केही मात्रा भएपनि चामल, नुन, तेल, दाल,तरकारी सहयोग पाएको बताए ।

लकडाउनमा तरुण दल र नेपाल विद्यार्थी संघ



यस्तो विषम परिस्थितिलाई चिर्दै गरिब दुःखीका समस्या सहन नसकेर कपिलबस्तुका केही सामाजिक तथा राजनीतिक व्यक्तिहरुले उदाहरणिय काम गरेका छन् । उनीहरुले आफ्नो ज्यानलाई जोखिममा राखेर दीनःदुखी गरिब, मजदुर बर्गहरुलाई निस्वार्थ सेवाको भावले सहयोग गर्दै आएका छन् । कपिलबस्तुमा निस्वार्थ सेवाभावका हिसावले सहयोग गर्दै आएका नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ जिल्लामा निकै चर्चामा आएका छन् । हुन त गरिब दुःखीहरुलाई सहयोग गर्ने जो कोही संगठन वा व्यक्ति चर्चामा आउनु नौलोे कुरा होईन । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कपिलबस्तुले पैदल यात्रीको उद्वार गर्ने देखि दुःख पाएका विद्यार्थी, आगलागी पीडितलाई सहयोग र गरिब मजदुरहरुको घरदैलोमा पुगेर तिब्र गतिमा राहतको व्यवस्थापन गर्दै आएकाले दुबै संगठनको विशेष चर्चा र प्रशंसा भएको हो । केही विद्यार्थीहरुलाई लकडाउन लम्बिए संगै खाद्यान्न वा कुनै समस्या भए तरुण दल र नेविसंघ कपिलबस्तुका साथिहरुलाई सम्पर्क गर्न सम्पर्क ब्यक्तिको नाम र फोन नम्बर पत्रकार तथा सामाजिक संजालमार्फत सार्वजनिक गरिएको नेविसंघ कपिलबस्तु क्षेत्र नं १ का सभापति चन्द्रकान्त पोख्रेलले बताए ।

गरिब, श्रमिक, मजदुर र किसान बर्ग र सरकारको भूमिका



हुन त तरुण दल र नेविसंघले जस्तै उदाहरणिय काम स्थानीय वा केन्द्र सरकारले गर्नुपर्ने हो । तर अहिले देशमा ३ तहका सरकारले पनि जनतालाई चुस्तदुरुस्त रुपमा राहत वितरण गर्न सकिरहेका छैनन् । अहिले गरिब, श्रमिक, मजदुर, किसान बर्गलाई सरकारको अभिभावकिय भूमिकाको ठुलो खाँचो छ । जो दुःख पाएको छ, उनीहरुको उद्दारका लागि सरकारको आवश्यकता छ । जो खाना पाएको छैन, उनीहरुलाई खानाको व्यवस्था मिलाउनु पर्ने हो । तर, विडम्वना गरिब, श्रमिक, मजदुर तथा विपन्नका नाममा वितरण भैरहेको लक्षित वर्गले पाउन नसकिरहेका गुनासा धेरै ठाउंवाट आइरहेका छन् । जसका कारण सरकार आलोचनको पात्र बन्दै गएको छ । राहत पीडित सम्म नपुग्दै गायव हुने, कर्मचारी आफै राहतको दुरुपयोग गर्ने र करोडौं रुपैयाँ राहतको नाममा खर्च गर्ने कुरा सामान्य भैसके ।

प्रदेश सभा सदस्य विष्णु पन्थी कृषकहरुको घरघरमा



कपिलस्तुका किसानहरु आफुले उत्पादन गरेको तरकारीले बजार नपाउँदा समस्यामा परेका छन् । कृषकहरुको समस्यालाई मध्येनजर गरेर कपिलबस्तुवाट निर्वाचित प्रदेश सभा सदस्य विष्णु पन्थीले भने राम्रो काम गरेका छन् । उनी आफै कपिलबस्तुमा तरकारी खेति गर्ने किसानका खेतबारीमा पुगेर तरकारी विक्रीवितरण गर्न सहयोग गरेका छन् ।
लकडाउनका कारण तरकारी बजारमा लैजान समस्या भएकोले नजिकैका गाउँहरु मोतिपुर, बोडगाउँ, मधुवन, ढोडेकोल, मोर्मीमा विक्रीवितरण गर्ने ब्यवस्था मिलाएको बाणगंगा नगरपालिका–८ का कृषक दिनमणी बेलबासेले वताए । उनले भने– ‘कृषिबाट ऋण निकालेर खेती गरेका हो । लकडाउनको कारण तरकारी विक्री नभएपछि लिएको ऋण के गरि तिर्ने । उत्पादन भएको तरकारी विक्री गर्ने सहज वातावरण छैन । तरकारी बिक्री भएको छैन ।’
बेलबासे जस्तै जिल्लाका अन्य धेरै कृषकहरुको समस्या र गुनासो यस्तै छ । यस्तो समस्या भैरहेको समयमा प्रदेश सभा सदस्य विष्णु पन्थीले कपिलबस्तुका कृषकहरुको समस्यालाई बुझेर कृषकहरुको तरकारी आफै बजारसम्म पु¥याउने काममा सहयोग गरेका छन् । उनी भन्छन् यस्तो विपतको समयमा सवैले आ–आफ्नो ठाउँबाट भूुमिका खेल्नुपर्छ ।

सरकारको भूमिका र दायित्व



प्रदेश सभा सदस्य विष्णु पन्थी, नेपाल तरुण दल र नेविसंघले जस्तो उदाहरणिय काम सवै नागरिकहरुले गर्न सक्नुपर्छ । विपद्को समयमा मनविय सेवा गर्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो । नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरेर खाना नपाएकोलाई खाना, पैदल यात्रुलाई उनीहरुको गन्तब्य सम्म पुर्याउने, कृषकहरुको तरकारी विक्रिवितरणमा सहयोग पु¥याउन आवश्यक छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले जनताका साथमा र देशमा सरकार भएको अनुभूति दिलाउन सक्नु पर्दछ । नागरिकहरुको सुरक्षाको लागि सरकार गम्भीरताका साथ अगाडी बढ्न आवश्यक छ । राज्यले विपतको समयमा आम नागरिकको सुरक्षाको जिम्मेवारी लिदै अभिभावकिय भूमिका निभाउन जरुरी छ ।

≪ Previous Post

कृषि मन्त्रीलाई तिलोत्तमाको सुझाव : मल, बीऊ र कृषि उपकरणमा ७५ प्रतिशतसम्म अनुदान माग

Next Post ≫

क्वारेन्टाइनका कर्मचारी र प्रहरीलाई सुरक्षा सामग्री प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क