Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोनाको कहर: घर घरमै वसेर रमजानको रहर
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाको कहर: घर घरमै वसेर रमजानको रहर

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७७ · 0
कोरोनाको कहर: घर घरमै वसेर रमजानको रहर
70
SHARES
ShareTweet

मस्जिदमा पढिने तरावी २० रेकाध पुर्ण रुपमा बन्द, कन्ठ हुनेले घरमै पढने र सुनाउने

बुटवल १७ बैशाख
कोरोना भाईरसले गर्दा विश्वभर महामारी फैलिएसंगै इस्लाम धर्मावलम्बीहरूको महानपर्व रमजान घरमै वसेर मनाउन बाध्य हुन परेको मुस्लिम धर्मावलम्बीहरूले बताएका छन ।
विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला यो पर्व परेकाले कोरोनाको जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन यो वर्ष घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको हो । गत शनिबार देखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म दिनभर केही नखाई निराहार व्रत बसि नमाज पाठ पढ्ने गर्दछन् ।
रमजान शुरु भएसंगै मस्जिदमा जम्मा भएर मौलानाले पढाउने कुरान पढन र सुन्न नसकिएको बताउनु हुन्छ जामा मस्जिद सैय सिद्धिक अहमद बुटवल ६ खयरघारीका अध्यक्ष मसुद आलम ।
अध्यक्ष आलमका अनुुसार रमजान शुरु हुनु पुर्वको समयमा हरेक दिन ऐसा १७ रेकाध पढिने गरिन्थ्यो । रमजानको अवधीमा ऐसा १७ रेकाध र तरावी २० रेकाध गरि ३० दिनमा ३७ रेकाध पढनु पर्नेमा तरावी २० रेकाध पढन कोरोनाका कारण बन्द गरिएको उहाँले बताउनु भयो ।
जसले तरावीको २० रेकाधको कुरान कन्ठ पारेको छ उसलेमात्र घरमा वसेर पढने गरेको छ । कन्ठ नभएकाले मस्जिदमा जम्मा भएर मौलानाले पढाउने कुरान पढन र सुन्नवाट मुलुक भरका मुस्लिम समुदाय बन्चित भएको अध्यक्ष आलममले बताउनु भयो ।
मस्जिदमा रमजानमा हरेक दिन विहान ५ वजे फरज नमाज दिउसो २ वजे जोहर नमाज अपराहन्न साढे ५ वजे असर नमाज साझँ साढे ६ वजे वतखोल्ने समयमा मगरिभ नमाज र राति साढे ८ वजे ऐसा नमाज पढि सकेपछि तरावीको २० रेकाध पढने काम पुर्ण रुपमा वन्द भएको छ ।
बुटवलमा ३ वटा मस्जिदमा गरि हरेक शुक्रवार करिव १३ सय जनाले मस्जिदमा गएर नमाज पढने र सुन्ने गरिएकोमा यस वर्ष मस्जिदमा जम्मा हुने काम नै वन्द गरिएको अध्यक्ष आलमले बताउनु भयो । कोरोनाका कारण मस्जिदमा जम्मा हुन नपाएकाहरुले घरपरिवारका सदस्यसंगै घरमै वसि पाठ पढने गरेका छन । केवल मस्जिद रेखदेखका लागि रहेका मौलानले मात्र नमाज पढने गरेका छन । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने र सूर्यास्तसंगै मिठा मिठा भोजन गर्ने परम्परा रहिआएको छ ।
आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने चलन भए पनि कोरोना जोखिमका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले घरमै बसेर पाठ पढने गरका छन ।
रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको र आत्म सन्तुष्टीको विषयका रुपमा लिने गरिएको छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
कुनै पनि शारीरिक वा स्वास्थ्य समस्या भएका बाहेक इस्लाम धर्म मान्नेहरु हरेक बयस्क व्यक्तिलाई रोजा राख्न अनिवार्य हुन्छ । तर, बिरामी, गर्भवती महिला र अशक्तलाई भने रोजा बस्न छुट रहेको छ ।
एक महिने रमजान सकिएको भोली पल्ट मुस्लिम समुदायले खुशियालीको महान पर्वका रुपमा मनाउने ईद पर्व पनि यस वर्ष मनाउन समस्या हुने जामा मस्जिद सैय सिद्धिक अहमद बुटवल ६ का मौलाना शिव गतुलाहले बताउनु भयो ।
अध्यक्ष आलमले यस वर्षको रमजान र ईद पर्व पुर्ववत रुपमा मनाउन नपाएपनि कोरोना भाईरसको विश्ववाट अन्य भएको खुशि सुन्न पाईयोस भनी शुभकामना समेत व्यक्त गर्नु भयो ।


≪ Previous Post

सिद्धार्थनगर पालिकाद्धारा एक महिना सम्म पुग्ने खाद्य सामग्री प्रदान

Next Post ≫

नेपालमा कोरोना सँक्रमितको संख्या ५८ पुग्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क