Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थनगर पालिकाद्धारा एक महिना सम्म पुग्ने खाद्य सामग्री प्रदान
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थनगर पालिकाद्धारा एक महिना सम्म पुग्ने खाद्य सामग्री प्रदान

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७७ · 0
सिद्धार्थनगर पालिकाद्धारा एक महिना सम्म पुग्ने खाद्य सामग्री प्रदान
90
SHARES
ShareTweet


बुटवल १७ बैशाख
रुपन्देही जिल्लाको सिद्धार्थनगर पालिका भैरहवाले गरीव तथा विपन्न नगरवासी र मजदुरहरुलाई करिब एक महिना सम्म पुग्ने खाद्य सामग्री बितरण शुरु गरेको छ ।
नगरकार्यपालिकाले कार्यबीधि नै बनाएर हरेक वडा वडामा उक्त सामग्री वितरण शुरु गरेको नगर प्रमुख हरि प्रसाद अधिकारीले बताउनुभयो । उहांले भन्नुभयो , ‘ करिब एक महिना सम्म खान पुग्नेगरी परिवार संख्याको आधारमा औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुर , श्रमजीवि वर्ग र विहान बेलुका खाना समस्या परेकाहरुलाई खाद्यान्न सहयोग प्रदान गर्न थालेका छौ । ’
नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘१३ वटै वडाले लकडाउनको कारण खाना समस्या भएकाहरुको लगत संकलन गरी वडा स्तरीय निर्णय गरेर पठाएका छन् । त्यसैको आधारमा नगरले खाद्यान्न सहयोग गर्दैछ । ’
नगर प्रमुख अधिकारीका अनुसार नगरभित्र बसोबास गर्ने २ हजार ८ सय ९ जना मजदुर, २ हजार २४ जना भाडामा बस्ने कमजोर आर्थिक अवस्था भएका नागरिक, एक सय जना भारतीय नागरिक गरी जम्मा ४ हजार ९ सय ३३ जनालाई एक महिना सम्म खाना पुग्नेगरी खाद्यान्न सामग्री राहत स्वरुप प्रदान गर्न थालिएको हो । नगरले यसअघि १८७२ जनालाई पहिलो चरणको राहत सहयोग उपलब्ध गराएको थियो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनिका अनुसार आइतबारदेखि वडा कार्यलय मार्फत मजदुरहरलाइ खाद्यान्न उपलब्ध गराउन थालिएको छ ।
। नगरपालिकाले परिवार संख्याको आधारमा खाद्यान्न सहयोग गर्न थालेको हो । नगर उप्रमुख उमा काफ्लेका अनुसार एक जना परिवार संख्या भएको घरधुरीले १० के जि चामल, २ केजि दाल र नुन , साबुन पाउनेछन् । यसैगरी २ देखि ४ जना सम्म परिवार संख्या भएको घरधुरील १५ केजि चामल, ३ केजि दाल, साबुन र नुन पाउनेछन् । यसैगरी ५ जना भन्दा बढी परिवार संख्या भएको घरधुरीले ३० केजि चामल ४ केजि दाल, साबुन र नुन पाउने छन् ।

≪ Previous Post

आज मिति २०७७ वैशाख १७ गते बुधवार

Next Post ≫

कोरोनाको कहर: घर घरमै वसेर रमजानको रहर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क