तिलोत्तमा, ११ बैशाख । कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै तिलोत्तमा नगरपालिका वडा नम्वर ३ को गौतमबुद्ध टोलका दुइ सय घरधुरीका लागि मास्क र सेनेटाइजर वितरण गरिएको छ ।
गौतमबुद्ध टोल विकास संस्था, स्मृति बोर्डिङ्ग स्कूल र जनहित महिला आमा समूहले झन्डै ४० हजार बरावरको मास्क र सेनेटाइजर वितरण गरेका हुन् । टोल विकास संस्थाका पदाधिकारी, आमा समूहका पदाधिकारी तथा स्मृति बोर्डिङ्गका प्राचार्य सहितको टोलीले घरघरमा पुगेर मास्क र सेनेटाइजर वितरण गरेको टोल विकास संस्थाका अध्यक्ष ज्ञानु आत्रेयले जानकारी दिनुभयो । स्थानीय स्तरमा केही भए पनि सचेतना अभिवृद्धि होस् भन्ने उद्देश्यले यस प्रकारको कार्य गरिएको स्मृति बोर्डिङ्ग स्कूलका प्राचार्य हरि ज्ञवालीले बताउनु भयो । ‘हामी समाग्री बाड्ने मात्र नभइ लकडाउनको पालन गर्न आग्रह पनि गर्दै हिडेका छौँ । यसरी गरिएको अग्रहले खुकुलो हुन खोजेकाहरुलाई घरमा बस्न उत्प्रेरण दिने विस्वास लिएका छौँ ।’ ज्ञवालीले भन्नुभयो ।
एक घर परिवारका लागि ३ वटा मास्क र एक बोतल सेनेटाइजरका दरले पहिलो चरणमा वितरण गरिएको जनहित महिला आमा समूहका अध्यक्ष सारदा पाठकले बताउनु भयो । आमा समूहले समाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको उहांको भनाई छ ।
