Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कावासोतीको क्वारेन्टाइनबाट भागेका ३ जना भेटिए
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीको क्वारेन्टाइनबाट भागेका ३ जना भेटिए

संसारपोस्ट संवाददाता · ११ बैशाख २०७७ · 0
कावासोतीको क्वारेन्टाइनबाट भागेका ३ जना भेटिए
60
SHARES
ShareTweet


नवलपरासी, ११ बैशाख । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ ।
शनिबार भारतबाट आएका एक जना र उनीसँगै अधिक घुलमिल गरेका ३ जनालाई सोमबार साँझ कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएको २४ घण्टा नवित्दै उनीहरु त्यहांवाट भागेका थिए ।
क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार सहित ३ जनालाई बुधबार विहान ३ बजे उनकै घरबाट नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको कावासोती १ का वडा अध्यक्ष नारायण पन्तले जानकारी दिनुभयो । प्रहरी, जनप्रतिनिधि लगायतको सक्रियतामा उनीहरुको खोजि गरिएको थियो ।

स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण



एक्सन अगेन्स्ट हंगरले नवलपरासीका स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बर्दघाट सुस्ता पूर्व र पश्चिमका स्थानीय तह अन्तर्गतका बहिरंग उपचार सेवा केन्द्र सञ्चालित स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।
संस्थाद्वारा नवलपरासी पूर्वका १६ र पश्चिमका १४ गरी ३० वटा स्वास्थ्य संस्थाका लागि आवश्यक आधारभूत स्वास्थ्य सुरक्षा सामग्रीहरु सर्जिकल माक्स, सर्जिकल ग्लोब्स, युटिलिटी ग्लोब्स, लिक्विड साबुन, ह्याण्ड सेनिटाइजर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । सिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमलाई नेपाल सरकारले अत्यावश्यक स्वास्थ्य सेवामा राखेकाले कार्यक्रमले बालबालिकाको उपचारलाई सहजीकरण गर्नका लागी सामाग्री वितरण गरिएको हो ।
नवलपरासी पूर्वका गैंडाकोट नगरपालिकाको दुई स्वास्थ्य संस्था, देवचुली नगरपालिकाको एक, कावासोती नगरपालिकाको दुई, मध्यविन्दु नगरपालिकाको चार, हुप्सेकोट गाउँपालिकाको एक, देउराली स्वास्थ्य चौकी, विनयी त्रिवेणी गाउँपालिकाको दुई, बौदीकाली गाउँपालिकाको दुई र बुलिङ्गटार गाउँपालिकाको दुई स्वास्थ्य संस्थाका लागि स्थानीय तहमार्फत सामाग्री हस्तान्तरण गरिएको हो ।
त्यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको एक स्वास्थ्य संस्था, सुनवल नगरपालिकाको दुई, रामग्राम नगरपालिकको दुई, प्रतापपुर गाउँपालिकाको चार, सुस्ता गाउँपालिकाको दुई, पाल्हीनन्दन गाउँपालिकाको एक र सरावल गाउँपालिकाको दुई स्वास्थ्य संस्थालाई आधारभूत स्वास्थ्य सुरक्षा सामाग्री स्थानीय पालिका मार्फत हस्तान्तरण गरिएको हो ।
गर्मी मौसमको समयमा बालबालिकाहरुको पाचन प्रणालीसँग सम्बन्धित रोगहरुले सामान्य तथा कुपोषित बालबालिकाहरुको उपचारमा नियमितता होस् भनि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको एक्सन अगेन्स्ट हंगरले जनाएको छ ।

≪ Previous Post

र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएका बृद्ध आइसोलेसनमा

Next Post ≫

कोरोना नियन्त्रणमा स्थानीय सक्रिय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क