Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएका बृद्ध आइसोलेसनमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएका बृद्ध आइसोलेसनमा

संसारपोस्ट संवाददाता · ११ बैशाख २०७७ · 0
र्‍यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएका बृद्ध आइसोलेसनमा
70
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी (बर्दघाट), ११ बैशाख । पश्चिम नवलपरासीको बर्दघाटमा र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा गर्दा कोरोना पोजेटिभ देखिएका एक जनालाई बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष अस्पतालमा उपचारका लागि लगिएको छ ।
बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले अहिलेसम्म बर्दघाटमा १३४ जनामा आरडिटी टेष्ट गर्दा १ जनामा पोजेटिभ देखिएको हो ।
७८ बर्षीय ति जेष्ठ नागरिकलाई अहिले बुटवलको बुटवल कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । ७ जनाको परिवार रहेको उनको परिवारमा अन्यमा सदस्यहरुको र्यापिड टेष्ट रिपोर्ट भने नेगेटिभ आएको छ ।
स्वास्थ्य शाखा प्रमुख ज्ञवालीका अनुसार उनका परिवारका अन्य सम्पूर्ण सदस्यहरुलाई उनकै घरमा सुरक्षित रुपमा क्वारेन्टाइनमा राखिएको छ । दोस्रो र तेस्रो कोरोनो संक्रमित आएको जहाजमा दुई जना आएका थिए । ति दुई जनाको अहिलेसम्म स्वाव परीक्षण गरिएको छैन । उनीहरु दुवै जनाको र्यापिड टेष्ट भएको र दुवैको र्यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा राखिएको ज्ञवालीले बताउनुभयो ।
र्यापिड टेष्टमा कोरोना रिपोर्ट पोजेटिभ आएका ति ७८ बर्षीय नागरिकका परिवारका सबै सदस्य नेपालमै बस्दै आएका हुन् । ज्ञवालीले उनको स्वाव परीक्षणका लागि भैरहवा पठाएको भए पनि अझैसम्म रिपोर्ट नआएको बताउनुभयो ।
बर्दघाट नगरपालिकाबाट अहिलेसम्म एक जनाको मात्र स्वाव परीक्षणका लागि पठाइएको छ ।
बर्दघाट नगरपालिकामा अहिलेसम्म १ सय ३४ जना विदेशबाट आएको तथ्यांक भए पनि १३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको थियो ति मध्ये १० जना घर फर्किसकेको र अहिले ३ जना मात्र क्वारेन्टाइनमा रहेको बर्दघाटका स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।

≪ Previous Post

प्रकोप ब्यवस्थापन कोषमा तिलोत्तमा ब्यापार संगठनद्वारा ५१ हजार प्रदान

Next Post ≫

कावासोतीको क्वारेन्टाइनबाट भागेका ३ जना भेटिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क