Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अध्यादेश फिर्ताको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अध्यादेश फिर्ताको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · १२ बैशाख २०७७ · 0
अध्यादेश फिर्ताको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन
70
SHARES
ShareTweet


बुटवल, १२ बैशाख । सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार विरोध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौं उपत्यकासहित देशैभर विरोध प्रदर्शन गरेको हो ।
राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
देशब्यापी विरोध कार्यक्रम अन्तर्गत नेविसंघले रुपन्देहीको बुटवलमा पनि विरोध प्रदर्शन गरेको छ । सामाजिक दुरी कायम गर्दै बुटवलको महेन्द्रपार्कमा नेबिसंघले बिरोध प्रदर्शन गरेको हो ।
बिबादास्पद अध्यादेश फिर्ता गर, निरंकुशतन्त्र मुर्दाबाद, जनताको जीनव रक्षामा ध्यान दे, गैरकानुनी काम बन्द गर लगायतका प्ले कार्ड बोकेर नेविसंघका नेता कार्यकर्ताहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन् ।
कोरोना महामारी रोकथाम गर्नुपर्ने बेलामा देशमा अस्थिरता ल्याउन सरकारले विधेयक ल्याएको र संविधानको बिरुद्धको विधेयक फिर्ता नभएसम्म आन्दोलन नरोकिने नेविसंघका केन्द्रिय उपसभापति मुक्तिराज पौडेलले बताउनु भयो ।
बिरोध प्रदर्शनमा नेविसंघ जिल्लाका नेता तथा बुटवलमा रहेका कलेजहरुका नेविसंघ नेताहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

कोरोना नियन्त्रणमा स्थानीय सक्रिय

Next Post ≫

दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क