Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गैडहवाका जनप्रतिनिधी गाउँ गाउँमा घुमेर जनताका समस्या वुझदै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गैडहवाका जनप्रतिनिधी गाउँ गाउँमा घुमेर जनताका समस्या वुझदै

संसारपोस्ट संवाददाता · ११ बैशाख २०७७ · 0
गैडहवाका जनप्रतिनिधी गाउँ गाउँमा घुमेर जनताका समस्या वुझदै
80
SHARES
ShareTweet


बुटवल ११ बैसाख
कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथामका लागि जनचेतना मुलक कार्यक्रम लिएर गैडहवा गाउपालिकाका जनप्रतिनिधी गाउ गाउमा जाने गरेका छन ।
गाउपालिकाका अध्यक्ष बच्चुलाल केवट,उपाध्यक्ष सुभावती यादव र प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे गाउ गाउमा पुग्ने गरेका छन ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न एक अर्का बिचको दुरी न्युनतम १ मिटरको सामाजिक दुरी कायम गर्नु पर्ने लगायतको सन्देश लिएर गाउपालिकाका प्रमुखहरु गाउ गाउ गएका हुन ।
छिमेकी देश भारतसंग सम्बन्ध पारस्पारिक रहेको र पारस्परिक सम्बन्धकै आधारमा आफ्नो गाउपालिकामा अनधिकृत रुपमा आवत जावत भइरहने र जसले गर्दा कोरोना भाइरसको जोखिम बढने भएकोले गाउगाउमा गएर गैडवावासीहरुलाई लकडाउनको पुर्ण पालना गर्न गराउन बिशेष अनुरोध गर्दै कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन जनचेतनामुलक सन्देस सहित गाउ गाउमा गएको गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताउनु भएको छ ।
यो बिषम परिस्थितीमा हरेकले स्वस्थ बानी ब्यवहार अपनाउन सके महामारी रोग कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन सकिने भएकोले कुनै बस्तु छोएपछि वा छिन छिनमा साबुन पानीले कम्तिमा २० सेकेण्ड सम्म हात धुने बानीलाई निरन्तरता दिन सके कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिने अध्यक्ष केवटले बताउनु भएको छ ।
यसैगरी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत घिमिरे पनि दैनिक रुपमा स्थानिय जनप्रतिनिधीहरुसंगै कोरोना भाइरसबाट बच्ने उपायहरु लिएर गाउ गाउमा जानु भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे गाउगाउमा जानुको महत्वपुर्ण कारण लकडाउनका बेला समस्यामा परेका बिपन्न घरपरिवारहरुको पहिचान र राहत सामाग्री बितरणमा पादर्शिता बनाउन जनप्रतिनीधीहरुलाई सहयोग पु¥याउन पनि हो ।


बिपन्नको नाममा हुनेखानेले राहत लिने सम्भावना प्रबल रहेकोले बिपन्न घरपरिवारको पहिचान गर्न जनप्रतिनीधिहरुलाई असहज भइरहेकोले जनप्रतिनीधि र आम नागरिक बिचको समन्वकारी भुमिका निर्बाह गर्न र बास्तबिक बिपन्न परिवार राहत लिनबाट बञ्चित हुन नदिनको लागि जनचेतनामुलक कार्यक्रम सहित गाउ गाउमा गइहेको प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे बताउनु भएको छ ।
यसैगरी उपाध्यक्ष सुभावती यादव पनि लकडाउनका बेला गैडहवावासीमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै आफ्नो गाउपालिकाको हरेक गाउगाउमा अनुगमनमा हिड्नु भएको छ ।

≪ Previous Post

उत्तम साइलेज उद्योगद्धारा गौशालालाई २० क्विटल दाना प्रदान

Next Post ≫

प्रकोप ब्यवस्थापन कोषमा तिलोत्तमा ब्यापार संगठनद्वारा ५१ हजार प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क