Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुणस्तरहिन सेनेटाईजर उत्पादन गर्ने र विक्री गर्ने दुई जना पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुणस्तरहिन सेनेटाईजर उत्पादन गर्ने र विक्री गर्ने दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0
गुणस्तरहिन सेनेटाईजर उत्पादन गर्ने र विक्री गर्ने दुई जना पक्राउ
100
SHARES
ShareTweet


सुनसरी, ९ बैशाख । ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीले मापदण्ड विपरितको हातमा लगाउने ठूलो परिमाणको सेनेटाइजर सहित उत्पादन गर्ने र विक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सेनेटाईजर उत्पादनका लागि आवश्यक विभिन्न सामाग्री सहित १६२.५ लिटर सेनेटाइजर र सो उत्पादन गर्ने तथा विक्री वितरण गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका वडा न. ४ स्थित मनकामना टोलमा रहेको सौर्य केमिकलका संचालक सोही ठाउँ बस्ने वर्ष ३० को अतित गुरागाई र वडा न. ६ स्थित जे.बि. ईन्टरप्राईजेजका संचालक वर्ष ४५ को अमर जित गोस्वामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले सम्वन्धित निकायवाट कुनै अनुमति नलिई सौर्य केमिकलका संचालकले मापदण्ड विपरित सौर्य नामक हेण्ड सेनिटाइजर कमसल माल उत्पादन गरी विक्री वितरणको लागि कार्टुनमा प्याक गरी राखेको सौर्य लेखिएको २८५ वट्टामा रहेको ८५.५ लिटर सेनिटाईजर र सौर्य केमिकल प्रा.लि. लेखिएको विल प्याड १ थान समेत बरामद गरेको छ ।
यस्तै ईटहरी उपमहानगरपालिका वडा न. ६ स्थित जे.बि. ईन्टरप्राईजेज (कस्मेटिक पसल)मा विभिन्न प्लाष्टिकका वोतलहरुमा लेवल टाँसेर वजारमूल्य भन्दा वढी मूल्यमा सर्वसाधारणलाई झुक्याई विक्री वितरण गर्न सन्चित गरी राखेको विभिन्न परिमाणका सौर्य लेखिएको सेतो तरल पदार्थ भएको सेनिटाईजर ५०५, सौर्य लेखिएको गुलावी तरल पदार्थ भएको ७००, रातो तरल पदार्थ भएको ३०, स्टिकर नलगाएको गुलावी रङको तरल पदार्थ भएको १८० बट्टा, हरियो रङको ड्रममा भएको गुलावी रङको तरल पदार्थ ५० लिटर, वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ ७ लिटर, खाली बट्टा १५०० तथा ठुलो र सानो ९५ वन्डल स्टिकर समेत बरामद भएको कार्यालयका सूचना अधिकृत प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार यसरी बरामद भएका सेनेटाईजर जस्तो तरल पदार्थ तत्काल सम्वन्धित निकायवाट अनुगमन अवलोकन र निरीक्षण गर्दा तोकिएको मापदण्ड विपरित भएको पाईएकाले सेनिटाईजर संचालक गुरागाई र बिक्री वितरण गर्ने गोस्वामीलाई पक्राउ गरी कालो वजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम जिल्ला प्रशासन कार्यालय सुनसरीवाट ५ को म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।

≪ Previous Post

सिष्टर सोसाइटी बुटवल ११ द्वारा ४२ घरपरिवारलाई खाद्य सामाग्री प्रदान

Next Post ≫

तिलोत्तमाद्वारा ‘कोरोना’ सचेतनामूलक भिडियो सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क