Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमाद्वारा ‘कोरोना’ सचेतनामूलक भिडियो सार्वजनिक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाद्वारा ‘कोरोना’ सचेतनामूलक भिडियो सार्वजनिक

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0
तिलोत्तमाद्वारा ‘कोरोना’ सचेतनामूलक भिडियो सार्वजनिक
50
SHARES
ShareTweet


बुटवल, ९ बैशाख । अन्य स्थानीय निकाय भन्दा पृथक गतिविधिका कारण चर्चामा आइरहने रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको माहामारी सम्वन्धि जनचेतनामुलक म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगबाट बच्नका लागि आम नेपालीमा सचेतना जगाउने उद्देश्यले तयार पारिएको ‘कोरोना महामारी’ म्यूजिक भिडियोको नगरप्रमुख बासुदेव घिमिरेले सार्वजनिक गर्नुभएको हो । तिलोत्तमा नगरपालिकाको प्रस्तुति रहेको उक्त म्यूजिक भिडियो मार्फत देशमा भएको स्वास्थ्य सुविधा, स्रोत–साधन, जनशक्ति, कोरोना भाइरसको सँक्रमण नियन्त्रण र उपचारका लागि स्वभाविक रुपमा अपुग भएको अवस्थामा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा जनताको आफ्नै जागरुकता, अनुशासन, रणनीति र पहल महत्वपूर्ण भएकाले सोही कार्यलाई अनुसरण गर्न आग्रह गरिएको छ ।
‘घरभित्रै रहेर कोरोना महामारीलाई जित्न सकिन्छ । यो समयमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौ ।’ भन्ने सन्देश भिडियो मार्फत दिइएको छ ।
म्यूजिक भिडियो सार्वजनिक गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले यस म्यूजिक भिडियोले दर्शक श्रोताहरुमा मनोरन्जनका साथै मनोबल बढाउन महत्वपुर्ण भूमिका खेल्ने बताउनु भयो । कोरोनाको अचुक औषधी भनेकै आत्मवल बढाउनु भएकोले सबैले आफ्नो मनोवललाई दह्रो पार्नुपर्नेमा उहाँको जोड थियो ।
यस भिडियो सन्देशले आफु सुरक्षित रहेर आफ्नो समाजलाई सुरक्षित राख्न र कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाममा लागेका विभिन्न सँघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्न, सबै नेपालीहरुलाई एकताबद्ध भई अगाडी बढ्न तथा कोरोनालाई जित्न प्रेरित गर्ने छ भन्ने अपेक्षा लिएको नगर प्रमुख घिमिरेले बताउनु भयो ।
राजु विकेको शब्द÷संगित रहेको यस म्युजिक भिडियोमा चर्चित गायिका एन्जिला रेग्मी, नवोदित गायकहरु नमन सुनार र प्रसन्न पछाइ क्षेत्रीले आवाज भरेका छन् भने निर्देशक मनिष पन्थले छायांकन, निर्देशन र सम्पादन गरेका छन् । भिडियोमा स्पन्दन पन्थ, स्वभाव पन्थ, कमला पन्थ र अभिषेक तिवारीको अभिनय रहेको छ ।
नारायण वि.पि. परियारको कन्सेप्ट रहेको उक्त म्यूजिक भिडियो तयार गर्न फाइन मिडिया बुटवल, जय माता दि फाउण्डेशन, अर्जुन खरेल लगायतको विशेष भूमिका रहेको गितका रचनाकार राजु विकेले बताए । उक्त म्यूजिक भिडियो श्रीनगर फिल्मसको यूट्यूबमा समेत सार्वजनिक भएको छ ।

https://youtu.be/VzBJxuAQ550

≪ Previous Post

गुणस्तरहिन सेनेटाईजर उत्पादन गर्ने र विक्री गर्ने दुई जना पक्राउ

Next Post ≫

१९ जना एसपी एसएसपीमा बढुवा सिफारिस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क