Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना जोखिमबाट बच्न प्रादेशिक अस्पतालमा सेनेटाईजिङ्ग टनेल जडान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना जोखिमबाट बच्न प्रादेशिक अस्पतालमा सेनेटाईजिङ्ग टनेल जडान

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0
कोरोना जोखिमबाट बच्न प्रादेशिक अस्पतालमा सेनेटाईजिङ्ग टनेल जडान
80
SHARES
ShareTweet

पिनले निर्माण गरेको टनेल धेरै प्रभावकारी : अस्पताल



बुटवल, ९ बैशाख । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि अस्पतलामा आउने विमारी, उनका आफन्त तथा सर्वसाधारणलाई सेनेटाइज गर्न लुम्विनी प्रादेशिक अस्पताल बुटवलको प्रबेशद्वारमा अटोमेटिक सेनेटाईजिङ्ग टनेल जडान गरिएको छ । स्वचालित सेनेटाईजिङ्ग टनेल जडानसंगै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल आउने जानेहरुलाई उक्त टनेलमा सेनेटाइज भएर मात्र अस्पताल भित्र प्रबेश गर्ने र बाहिर निस्कने ब्यवस्था गरिएको छ ।
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमित विमारीहरु नेपालमा पनि देखा परेपछि यसको जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन) प्रदेश नं. ५ ले अटोमेटिक सेनेटाईजिङ्ग टलेन निर्माण गरेर लुम्विनी प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो ।


अस्पताल धेरै सम्वेदनशिल ठाउँ भएको र अस्पतालमा विमारी र विमारीका आफन्त बाहेक जो कोही पनि आउजाउ गर्ने भएकाले यसरी अस्पताल आउनेहरुलाई सुरक्षित राख्न पिनले अटोमेटिक सेनेटाईजिङ्ग टलेन निर्माण गरेर अस्पताललाई हस्तान्तरण गरेको हो । यस क्षेत्रका युवा इन्जिनियरहरुले खाली समयको सदुपयोग गरेर निर्माण गरेको उक्त टनेल बैशाख ७ गते आइतबार पिन प्रदेश नं. ५ का ईन्चार्ज इन्जिनीयर दुजेन्द्र बस्नेत र अध्यक्ष इन्जिनीयर जीवन अर्यालले अस्पताल विकास समितिका अध्यक्ष सूर्य बहादुर भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो ।
टनेलका बारेमा जानकारी गराउदै टनेल निर्माण समितिका संयोजक तथा पिन प्रदेश ५ का सचिवालय सदस्य ईन्जिनीयर दिपक पाण्डेले करिव ८० हजारको लागतमा निर्माण गरिएको टनेलले मानिस टनेलमा प्रवेश गरेपछि प्रत्येक मानिसलाई ५ सेकेण्डसम्म पुरा शरिरमा सेनेटाईजर (स्प्रे) गर्ने बताउनु भयो ।


टनेल ईन्जिनीयरहरु दिपक पाण्डे, आशिष पराजुली, करुण खनाल लगायतको टोलीले निर्माण गरेको हो । उक्त टनेलमा प्रयोग गरिएको सेनेटाईजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अस्पताल आफैले बनाउने गरेको छ ।
अस्पतालमा जडान गरिएको अटोमेटिक सेनेटाईजिङ्ग टनेलमा सेनेटाईज भएर प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले टनेलको शुभारम्भ गर्नुभएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अटोमेटिक सेनेटाइजिङ टनेल धेरै प्रभावकारी रहेको, यो जडानले यसमा प्रयोग हुने जनशक्तिलाई अन्य काममा लगाउन सकिएको र अस्पताल आउने जानेहरुले पनि आफुलाई धेरै सुरक्षित महशुस गरेको वताउनु भयो ।
अस्पतालमा जडान गरिएको टनेलको प्रभावकारितालाई हेरेर सिद्धार्थ राजमार्गमा संचालन हुने सवारीसाधनलाई समेत सेनेटाईज गर्ने गरी उच्चस्तरको सेनेटाईजिङ्ग टनेल निर्माण गर्ने सोचमा आफुहरु रहेको इन्जिनीयर दिपक पाण्डेले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवलमा विहान ८ वजे पहिला र साँझ ५ वजे पछि हिडडुल गर्न प्रतिबन्ध

Next Post ≫

सिष्टर सोसाइटी बुटवल ११ द्वारा ४२ घरपरिवारलाई खाद्य सामाग्री प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क