Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा विहान ८ वजे पहिला र साँझ ५ वजे पछि हिडडुल गर्न प्रतिबन्ध
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा विहान ८ वजे पहिला र साँझ ५ वजे पछि हिडडुल गर्न प्रतिबन्ध

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0
बुटवलमा विहान ८ वजे पहिला र साँझ ५ वजे पछि हिडडुल गर्न प्रतिबन्ध
130
SHARES
ShareTweet


बुटवल, ९ बैशाख
बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिंड्न पनि रोक लगाएपछि सडकमा यात्रुहरु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्री समेत देखिन छाडेका हुन् ।
यसअघि साँझ र बिहानको समयमा मानिसहरुको बढी चहलपहल हुने गरेको भन्दै बुटवल उपमहानगरपालिकाको आलोचना हुने गरेको थियो । अलपत्र यात्रुलाई गन्तव्यसम्म पु¥याउनका लागि बुटवल धागो कारखाना अगाडि र पाल्पाको सिद्धबाबामा बस तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनु भयो ।
अलपत्र अवस्थामा रहेकालाई खानाको व्यवस्था गरी गन्तव्यमा पु¥याउन थालिएपछि लकडाउनका बेला उनीहरुले राहतको महशुस गरेको र अत्यावश्यक बाहेकका मानिसहरु घरबाहिर निस्कन छाडेको उपमहानगरप्रमुख सुवेदीले बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाले विगत चारदिनयता यसरी अलपत्र परेका १३ सय व्यक्तिहरुलाई खाना खुवाइसकेको छ । नेकपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले लकडाउनका बेला खान नपाएर कोही पनि भोकै बस्नु नपर्ने भन्दै यसका लागि पार्टीले पनि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउनु भयो । बुटवल उपमहानगरपालिकाले कोरियन टेक्निकल इन्स्टिच्यूट परिसरमा अलपत्र परेका यात्रुहरुका लागि खानाको प्रवन्ध गरेको यसका लागि पार्टीले समन्वय गरिरहेको पनि उहाँले बताउनु भयो । लकडाउनका बेला अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन पनि उहाँले नगरबासीलाई आग्रह गर्नु भयो ।
मर्निङ र इभिनिङ वाकको निहुँमा भिडभाड हुने गरेको हुदा बुटवल उपमहानगरपालिकाले बिहान ८ बजेभन्दा पहिले र बेलुका ५ बजेपछि घरबाट ननिस्कन अनुरोध गरेको छ । साथै दैनिक अत्यावश्यक समान मात्र बिहान ८ देखि बेलुका ५ बजेसम्म खरिद बिक्री गर्न दिने व्यवस्था गरेको छ ।

≪ Previous Post

कावासोतीको क्वारेन्टाइनबाट ३ जना भागे

Next Post ≫

कोरोना जोखिमबाट बच्न प्रादेशिक अस्पतालमा सेनेटाईजिङ्ग टनेल जडान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क