Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कावासोतीको क्वारेन्टाइनबाट ३ जना भागे
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीको क्वारेन्टाइनबाट ३ जना भागे

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0
कावासोतीको क्वारेन्टाइनबाट ३ जना भागे
50
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, ९ बैशाख । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार विहान भागेका छन् ।
सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना साथी सहित ३ जनालाई सोमबार साँझ वडा न १ मा रहेको क्वारेन्टाइनमा राखिएकोमा विहान भागेको कावासोती वडा न १ का वडा अध्यक्ष नारायण पन्तले जानकारी दिनुभयो । उनीहरुलाई कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो ।
भारतबाट आएका युवकले लागुऔषध (गाँजा) सेवन गर्ने गरेको र उनीसँगैका २ जना साथीले पनि गाँजा लिने गरेकाले ३ जनालाईनै उनीहरुकै घर परिवारको सल्लाहामा क्वारेन्टाइन राखिएको वडा अध्यक्ष पन्तले बताउनुभयो ।
क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार ३ दिन अघि भारतको लुधियानाबाट घर आइपुगेका थिए । कावासोती नगरपालिका भित्र रहेको क्वारेन्टाइनहरुमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् । अध्यक्ष पन्तका अनुसार उनीहरु नगर प्रहरीलाई समेत छलेर भागेका थिए ।


भागेका व्यक्तिको अहिले नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिराखेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरोना रोकथाम विपत व्यवस्थापन समिति कावासोती नगर संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयो ।
कावासोती नगरपालिकामा हालसम्म २० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जना घर फर्किएका छन् भने ११ जना नगरपालिकाको क्वारेन्टाइनमा रहेको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो । ११ मध्ये ३ जना भागेपछि अहिले कावासोतीमा ८ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् । अहिले कावासोती १ र १७ नम्बर वडाको क्वारेन्टाइनमा मात्र मानिसहरु रहेका छन् ।

≪ Previous Post

तिलोत्तमामा कृषि कार्यका लागि ट्याक्टरको भाडा दर निर्धारण

Next Post ≫

बुटवलमा विहान ८ वजे पहिला र साँझ ५ वजे पछि हिडडुल गर्न प्रतिबन्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क