Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा कृषि कार्यका लागि ट्याक्टरको भाडा दर निर्धारण
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा कृषि कार्यका लागि ट्याक्टरको भाडा दर निर्धारण

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0
तिलोत्तमामा कृषि कार्यका लागि ट्याक्टरको भाडा दर निर्धारण
80
SHARES
ShareTweet

कल्टिभेटर प्रतिघण्टा १२ सय ५० र रोटाभेटरको १८ सय कायम



तिलोत्तमा, ९ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्या«क्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।
नगरपालिकाले व्यवसायी समेतको उपस्थितिमा सरोकारवालाहरुसँग छलफल गरेर ट्याक्टरको नयाँ भाडा दर कायम गरेको वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो । कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए ।
तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्याक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार २५० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ कायम गरिएको हो । यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ निर्धारण भएको लुम्बिनी ट्याक्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिनुभयो ।
अब तिलोत्तमा नगरपालिकाले सरोकारवालाहरुसँगको छलफलबाट निर्धारण गरेको भन्दा बढी भाडा कसैले लिन पाउने छैनन् । तर, तोकिएभन्दा कम भाडा लिन व्यवसायीले सक्नेछन् । तिलोत्तमा नगरपालिकाले ट्याक्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो । तिलोत्तमाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । तिलोत्तमामा प्रमुख खाद्यबाली धान, गहुँ, मकैं ठूलो परिमाणमा उत्पादन हुने गर्दछ ।
स्थानीय सरकारले ट्याक्टरको भाडा दर निर्धारण गरेकोमा किसानले खुशी व्यक्त गरेका छन् । डिजलको मूल्य, बजारको अवस्था लगायतकाको आधारमा आगामी दिनमा भाडादरलाई समायोजन गरेर अघि बढिने वडाध्यक्ष न्यौपानेले बताउनुभयो । यसअघि तिलोत्तमाका कतिपय वडामा कल्टिभेटरको पन्ध्र सय तथा रोटाभेटर र थ्रेसरको दुई हजार एक सयसम्म प्रतिघण्टा भाडा लिने गरिएको थियो ।

≪ Previous Post

२०७७ साल बैशाख ९ गते मंगलवारको राशिफल

Next Post ≫

कावासोतीको क्वारेन्टाइनबाट ३ जना भागे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क